कर्जा र निक्षेपको ब्याजदर बढेपछि एचआईडिसिएलको नाफामा सुधार

Feb 12, 2023 05:14 AM Merolagani



हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (HIDCL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ६७ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.८५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४५ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

कम्पनीले जलविद्युत परियोजनामा प्रवाह गरेको कर्जाको ब्याजदर तथा मुद्दति निक्षेपको ब्याजदर बढेको हुनाले नाफामा वृद्धि भएको वित्तीय विवरणमा उल्लेख छ।

समीक्षा अवधिमा कम्पनीको आम्दानी ८९८.८६ प्रतिशत बढेको छ भने वित्तीय आम्दानी ४८.८६ प्रतिशत र लाभांश आम्दानी २४.०१ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४ रुपैयाँ ८५ पैसा रहेको कम्पनीको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ६ रुपैयाँ ३५ पैसा पुगेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ६६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३४.०३ गुणा रहेको छ।

२१ अर्ब २७ करोड ६२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीकाे जगेडा कोषमा २ अर्ब ३२ करोड ७९ लाख रुपैयाँ सञ्चित छ।




धितोपत्र बजारकाे ‘कालो कर्तुत‘काे पर्दाफास: बोर्डले तयार पारेको दुईवटा जाँचबुझ प्रतिवेदनहरूमा के छ ?

Apr 21, 2026 07:47 PM

नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पसिनाको कमाइमाथि कसरी ‘कलोनी’ खडा गरिएको छ भन्ने तथ्य बोर्डको गोप्य प्रतिवेदनले प्रमाणित गरेको छ।