वाणिज्य बैंकहरुको ब्याजदर स्थिर, विकास बैंक तथा फाइनान्सले भने घटाए

Feb 12, 2023 05:15 AM Merolagani



वाणिज्य बैंकहरुले फागुन महिनाका लागि ब्याजदर स्थिर राखेका छन्। माघ महिनामा अधिकतममा ११ प्रतिशत ब्याज दिँदै आएका वाणिज्य बैंकहरुले फागुन महिनामा पनि त्यसैलाई निरन्तरता दिएका हुन्।

बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा ११ प्रतिशत ब्याज दिने भएका हुन्। मंसिर महिनादेखि व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज प्रदान गरिरहेका वाणिज्य बैंकहरुले माघमा ब्याजदर घटाएर ११ प्रतिशतमा झरेका थिए।

वाणिज्य बैंकहरुले नघटाएपनि, विकास बैंक तथा फाइनान्स कम्पनीहरुले भने ब्याजदर घटाएका छन्। विकास बैंकहरुले गत शुक्रबारको बैठक अनुसार निक्षेपको ब्याजदर ०.२५ प्रतिशतविन्दु घटाएका हुन्।  माघ महिनासम्म व्यक्तिगत मुद्दति निक्षेपमा १२ प्रतिशत ब्याज दिँदै आएका विकास बैंकहरुले अब अधिकतममा ११.७५ प्रतिशत ब्याज दिने भएका छन्।

त्यसैगरी, अधिकांश फाइनान्सहरुले अधिकतममा १२.२० प्रतिशत ब्याज दिने भएका छन् भने केहीले १२.५० प्रतिशतसम्म ब्याज दिने सूचना प्रकाशित गरेका छन्।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।