एनआईसी एशिया बैंकको भ्यालेन्टाइन्स डे याेजना: पहिलो पटक डिजिटल कारोबार गर्दा १४ प्रतिशत क्यास ब्याकको साथमा २० जनालाई तारे होटलमा डिनर गर्ने अवसर

Feb 12, 2023 05:39 PM Merolagani

भ्यालेन्टाइन्स डेको अवसरमा एनआईसी एशिया बैंक(NICA)ले आफ्ना ग्राहकहरूको लागि सेलिब्रेट लभ विथ एनआईसी एशिया बैंक योजना सार्वजनिक गरेको छ । यो योजना बैंकको मोबाइल बैंकिङ्ग (NIC ASIA MoBANK) एप तथा डेबिट वा क्रेडिट कार्डबाट पहिलो पटक भुक्तानी गर्ने ग्राहकहरूलाई लक्षित गरेर ल्याइएको हो ।

२०७९ माघ २८ देखि २०७९ फाल्गुन १ (२०२३ फेब्रुअरी ११ देखि २०२३ फेब्रुअरी १३) सम्म सञ्चालन हुने यस योजना अन्तर्गत बैंकको मोबाइल बैंकिङ्ग एप तथा डेबिट वा क्रेडिट कार्डबाट विभिन्न मर्चेन्टहरूमा यस बैंकद्वारा राखिएको क्यूआर कोड तथा पिओएस मेसिनमा पहिलो पटक कारोबार गर्ने ग्राहकहरूलाई १४ प्रतिशत वा अधिकतम २०० रूपैयाँसम्म क्यासब्याक उपलब्ध हुनेछ ।

यसकासाथै, बैंकले यसरी कारोबार गर्नेमध्ये २० जना ग्राहकहरूलाइ भ्यालेन्टाइन्स डेको दिन अर्थात् २०७९ फाल्गुन २ (२०२३ फेब्रुअरी १४) मा तारे होटलमा आफ्नो साथीसँग डिनर खाने अवसर मिलाईएको छ । काठमाडौं बाहिरबाट यस योजनामा समावेश भई डिनरको लागि छनौट हुने ग्राहकहरूको लागि उनीहरूलाई पायक पर्ने नजिकैको तारे वा सो सरहको होटलमा आकर्षक डिनरको व्यवस्था मिलाइनेछ । यस योजनामा मोबाइल बैंकिङ्ग एपमार्फत गरिने वालेट लोड, अन्य बैंक वा यसै बैंकको अन्य खातामा रकम स्थानान्तरणलाई मान्यता दिइएको छैन । डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले बैंकले ल्याएको यस योजनाबाट ग्राहकहरूलाई भौतिक कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।

एनआईसी एशिया बैंककाे मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल रहेकाे छ । 

 

comments powered by Disqus