यस कम्पनीको शेयरमूल्य यस साता समग्रमा स्थिर रहेको छ। गत साताको अन्तिम कारोबार दिन ३३६ रुपैयाँमा कारोबार भएको यस कम्पनीको शेयरमूल्य यस साता पनि ३३६ रुपैयाँमा नै अन्तिम कारोबार भएको छ।
प्रतिरोध परीक्षणमा
यस साता कम्पनीको शेयर प्रतिरोध परीक्षणमा रहेको छ। हाल कम्पनीको प्रतिरोध क्षेत्र ३३० देखि ३४० रुपैयाँको क्षेत्र रहेको छ। यस अनुसार आगामी साता सो प्रतिरोध क्षेत्रलाई तोडेर माथि गएमा कम्पनीको शेयरमूल्यले ३७० देखि ३८० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, सो प्रतिरोध क्षेत्र तोड्न नसकेर ओरालो लागेमा भने २७० देखि २८५ को क्षेत्रमा टेवा पाउने देखिन्छ।
खरिदकर्ताको जीत
साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले लामो टुप्पी भएको हरियो मैनबत्ती बनाएको छ। यसले सो दिन कारोबार अवधिमा कम्पनीको शेयरमूल्य उच्च बढेपनि अन्तिम समयमा भने केही घटेको संकेत गर्दछ। सो दिन उच्च विन्दुमा बिक्रीकर्ताको चाप देखिएपनि अन्तिम समयमा भने खरिदकर्ताले नै जितेका छन्।
बलियो भोल्यूम
यस साता मूल्य स्थिर रहेपनि भोल्यूम भने बलियो रहेको देखिन्छ। यस साता कम्पनीको दैनिक औषतमा ४४ हजार ९०८ कित्ता शेयर खरिदबिक्री भएको छ। यससँगै कम्पनीको २० दिने औषत भोल्यूम ३९ हजार ३२८ कित्ता पुगेको छ। २० दिने औषत भोल्यूमको तुलनामा कम्पनीको दैनिक औषत भोल्यूम १४ प्रतिशत बढी हो।
नकारात्मक एमएसिडी
पछिल्लो केही दिनदेखि कम्पनीको एमएसिडी रेखा सिग्नल रेखाभन्दा तल रहेको छ। यसले कम्पनीको शेयरमूल्य बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ। त्यसैगरी, कम्पनीको हिस्टोग्राम नकारात्मक क्षेत्र अर्थात शून्य रेखाभन्दा तल रहेको छ।
बिक्रीचाप बढी
कम्पनीको स्टकास्टिक आरएसआई यस साता ८० स्केलभन्दा माथि रहेको छ। यो ओभरबट जोन हो। यसले बजारमा बिक्रीचापको तुलनामा खरिदचाप बढी रहेको संकेत गर्दछ।
आधारभूत विश्लेषण
नेप्सेमा कम्पनीको ३८ लाख ६९ हजार ७७५ कित्ता शेयर सूचीकृत छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको कुल बजार पूँजीकरण १ अर्ब ३० करोड २ लाख ४४ हजार ४०० रुपैयाँ रहेको छ। कम्पनीको १८० दिनको औषत मूल्य २४३ रुपैयाँ ४ पैसा रहेको छ। कम्पनीको ५२ दिनेको उच्च मूल्य ५०८ रुपैयाँ रहेको छ भने न्यून मूल्य १९३ रुपैयाँ १० पैसा रहेको छ।
कम्पनीको ४ मेगावाट आयोजना सम्पन्न भएपनि नेपाल विद्युत प्राधिकरणको प्रसारण आयोजना सम्पन्न नभएका कारण सुख्खा मौसममा केही समय विद्युत बिक्री वितरण भए पनि पूर्ण क्षमतामा सञ्चालन हुने समयमा प्रसारण लाइनको सीमितताका कारण विद्युत उत्पादन गर्न सकेको छैन। अर्कोतर्फ गत वर्ष असार महिनामा आयोजनाको पाइपलाइनमा आएको पहिरोका कारणले समेत आयोजना धेरै लामो समयसम्म सञ्चालन हुन सकेको छैन, जसले गर्दा कम्पनीको व्यवसायिक योजना अनुसार कार्य सञ्चालन हुन नसकेको र विद्युत बिक्रीबापतको आम्दानीमा कमी आएको कम्पनीले जनाएको छ।
वित्तीय अवस्था
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ५ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.९४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड ८ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा १९.८४ प्रतिशत बढेको छ।
विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि समीक्षा अवधिमा ६७.४७ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८५ लाख १६ रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ४२ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ।
३८ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडामा ७७ लाख रुपैयाँ सञ्चित छ।
पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ रहेको छ। साताको अन्तिम कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात ४५.५९ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो ३.२९ गुणा रहेको छ।
प्राविधिक विश्लेषणका अन्य उपकरणहरुमा कम्पनीको शेयरमूल्य अहिले बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।
फियर एण्ड ग्रीड मिटरमा कम्पनी अहिले न्यूट्रल जोनमा रहेको छ।
(प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु डाटा एनालाइटिक्सबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकको आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)