गत साता ५ प्रतिशतभन्दा बढी घटेको नेप्से, यस साता के होला?

Feb 20, 2023 05:59 AM Merolagani



गत साता नेप्से परिसूचक ५ प्रतिशतभन्दा बढी घटेको छ। अघिल्लो साता २१८२.६३ विन्दुमा बन्द भएको नेप्से, गत साता ५.१४ प्रतिशत अर्थात ११२.२२ अंक घटेर २०७०.४१ विन्दुमा झरेको छ।

चार कारोबार दिनका लागि खुलेको बजार ४ कारोबार दिन नै ओरालो लागेपछि नेप्सेले सो बराबरको अंक गुमाएको हो। गत साताको बजारलाई अघिल्लो साता सार्वजनिक भएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा र ब्याजदरले प्रभाव पारेको हो।

सपोर्ट जोनमा

साताको अन्तिम कारोबार दिन नेप्से सपोर्ट जोनमा रहेको छ। हालको लागि नेप्सेको सपोर्ट जोन २०५० देखि २०८० सम्म रहेको छ। यस साता नेप्सेले यस क्षेत्रमा टेवा पाउने देखिन्छ। तर, यस साता नेप्से सो टेवा क्षेत्र तोडेर ओरालो लागेमा १९६० देखि १९९० सम्मको क्षेत्रमा टेवा पाउने देखिन्छ। यदि २०५० देखि २०८० को क्षेत्रमा टेवा पाएर नेप्से उकालो लागेमा २२०० देखि २२२५ को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

बिक्रीकर्ता हाबी

गत साताका चारै कारोबार दिन नेप्सेले रातो मैनबत्ती बनाएको छ। यसले गत साता भरी नै बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

गत साता नेप्सेसँगै भोल्यूम पनि कमजोर रहेको छ। गत साताका चारै कारोबार दिन नेप्सेको दैनिक भोल्यूम २० दिने औषत भोल्यूमको तुलनामा कम रहेको छ। त्यसैगरी, नेप्सेको २० दिने औषत भोल्यूम पनि घट्दो क्रममा रहेको छ।

नकारात्मक क्षेत्रमा हिस्टोग्राम

गत साताका चारै कारोबार दिन एमएसिडीमा नेप्से हिस्टोग्राम नकारात्मक क्षेत्रमा रहेको छ। र हिस्टोग्राम क्रमशः बढ्दो क्रममा रहेको छ। गत साता नेप्सेको एमएसिडी रेखा सिग्नल रेखाभन्दा तल रहेको छ। यसले गत साता नेप्से बियरिश रहेको संकेत गर्दछ।

खरिदबिक्री चाप सन्तुलनमा

गत साता नेप्सेको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(यहाँ प्रयोग भएका तस्वीरहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्दा आफैले अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।