करिब साढे ३ महिना यताकै न्यून विन्दुमा नेप्से

Mar 26, 2023 03:21 PM Merolagani

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। यस दिन नेप्से २६.८७ अंक घटेर १८८८.२७ विन्दुमा झरेको छ।

यससँगै नेप्से करिब साढे ३ महिनायताकै न्यून विन्दुमा झरेको छ। यस अघि गत पुस ७ गते नेप्से १८६७.२१ विन्दुमा थियो। यस दिनको बन्द विन्दु त्यसयताकै न्यून विन्दु हो।

यस दिन सेन्सेटिभ इण्डेक्स ५.०१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९८ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स १.९५ अंक घटेको छ।

यस दिन २५९ स्टकको ३२ हजार १६८ पटकको कारोबारमा १ अर्ब २८ करोड ९३ लाख रुपैयाँ बराबरको ३७ लाख ५४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार, नेप्सेमा १ अर्ब ४१ करोडको शेयर कारोबार भएको थियो।

नेप्से घटेपनि यस दिन २ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन माया खोला हाइड्रोपावर र एशियन हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन कालिञ्चोक दर्शनको शेयरमूल्य ६ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबारमा आएका ४ लघुवित्तको शेयरमूल्य यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन जीवन विकास लघुवित्त, जाल्पा लघुवित्त, युनिक नेपाल लघुवित्त र महिला लघुवित्तको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ। सो कम्पनीको यस दिन ८ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन एनआईसी एशियाको करिब ८ करोडको शेयर किनबेच भएको छ भने नेष्डो समृद्ध लघुवित्तको ७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

आइतबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक ४.७७ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन लघुवित्त उपसमूहको परिसूचक ३.८४ प्रतिशत घटेको छ भने उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, वित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।