बुटवल पावर कम्पनी लिमिटेडको कम्पनी विश्लेषण

Apr 22, 2023 07:02 PM Merolagani

यस साता हाइड्रोपावर उपसमूहको परिसूचक २.३७ प्रतिशत घटेको छ। गत साता २५२५.३६ विन्दुमा रहेको सो उपसमूहको परिसूचक यस साता ५९.८९ अंक घटेर २४६५.४७ विन्दुमा पुगेको छ।

सोही उपसमूहमध्येको एक कम्पनीको हो, बुटवल पावर कम्पनी लिमिटेड (BPCL)।

यस साता कम्पनीको शेयरमूल्य ७ रुपैयाँ घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३२० रुपैयाँमा कारोबार भएको यस कम्पनीको शेयर, यस साता ३१३ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

प्राइस रिभर्सलको संकेत

यस साताको बुधबार कम्पनीको शेयरमूल्यले ड्रयागनफ्लाइ डोजी मैनबत्ती बनाएको छ। त्यसैगरी, साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले ग्रेभस्टोन डोजी मैनबत्ती बनाएको छ। यसले कम्पनीको शेयरमूल्य रिभर्स हुने अर्थात बढीरहेको छ भने घट्ने र घटिरहेको छ भने बढ्छ भन्ने संकेत गर्दछ। यस साताको पहिलो तीन कारोबार दिन कम्पनीको शेयरमूल्य बढेकोले यी दुई मैनबत्तीले आगामी दिनमा कम्पनीको शेयरमूल्य घट्ने संकेत गर्दछ।

सपोर्ट जोन परीक्षणमा

यस साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले सपोर्ट जोन परीक्षण गरी माथि आएको छ। सो दिन कम्पनीको शेयरमूल्य ३१० सम्म झरेको थियो। हालको लागि कम्पनीको सपोर्ट जोन ३०० देखि ३१० को क्षेत्र रहेको छ। गत बिहीबार कम्पनीको शेयरमूल्य ३१० बाट उकालो लागेर ३१३ मा अन्तिम कारोबार भएको थियो। हालको लागि कम्पनीको प्रतिरोध क्षेत्र ३३५ देखि ३४५ सम्म रहेको छ।

कमजोर भोल्यूम

यस साता कम्पनीको भोल्यूम पनि कमजोर रहेको छ। यस साता कम्पनीको दैनिक औषतमा ४ हजार ३०७ कित्ता शेयर खरिदबिक्री भएको छ। कम्पनीको २० दिने औषत भोल्यूम ६ हजार ७७ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा कम्पनीको दैनिक औषत भोल्यूम २९.१२ प्रतिशत कम हो।

घट्दै हिस्टोग्राम

यस साता कम्पनीको हिस्टोग्राम सकारात्मक क्षेत्रमा रहेको छ। यद्यपि, यसको उचाई भने घट्न थालेको छ। त्यसैगरी, सकारात्मक क्षेत्रतर्फ बढीरहेको कम्पनीको एमएसिडी रेखा, साताको अन्तिम कारोबार दिन तल फर्किएको छ। आगामी कारोबार दिन एमएसिडी रेखाले सिग्नल रेखालाई माथिबाट काटेर तल लागेमा त्यसले कम्पनीको शेयरमूल्य घट्ने संकेत गर्नेछ।

खरिदबिक्री चाप सन्तुलनमा

कम्पनीको स्टकास्टिक आरएसआई यस साता न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा कम्पनीको शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

कम्पनीले प्रकाशित गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको वित्तीय आम्दानी १५.४९ प्रतिशत बढेको छ। बैंकहरुको मुद्दति निक्षेपमा ब्याजदर बढेका कारण यस्तो आम्दानी बढ्न पुगेको कम्पनीले विवरणमा उल्लेख गरेको छ।

गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ४ करोड ९६ लाख रुपैयाँ रहेको कम्पनीको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ५ करोड ७३ लाख रुपैयाँ पुगेको छ। जसका कारण कम्पनीको विद्युत बिक्री आम्दानी सामान्य मात्र बढेपनि खुद नाफा भने तुलनात्मक रुपमा बढी बढेको छ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २ प्रतिशत बढेर ४३ करोड १५ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको खुद नाफा भने २६.०३ प्रतिशत बढेर २२ करोड ८७ लाख रुपैयाँ पुगेको छ।

३ अर्ब ४० करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको ३ अर्ब ५६ करोड रुपैयाँ अन्य इक्विटी रहेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ११ रुपैयाँ १८ पैसाबाट बढेर १३ रुपैयाँ ४२ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २०४ रुपैयाँ ६४ पैसा रहेको छ। गत बिहीबारको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात २३.३२ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो १.५३ गुणा रहेको छ। कम्पनीको आरओई ६.५६ प्रतिशत रहेको छ।

प्राविधिक विश्लेषणका अन्य उपकरणहरुमा कम्पनीको शेयर बियरिश प्रवृत्तिमा रहेको देखिन्छ।

आधारभूत विश्लेषण

हाल नेप्सेमा कम्पनीको ३ करोड ४० लाख ९० हजार ६५० कित्ता शेयर सूचीकृत छ। गत बिहीबार कम्पनीको शेयर प्रतिकित्ता ३१३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यस अनुसार कम्पनीको कुल बजार पूँजीकरण १० अर्ब ६७ करोड ३ लाख ७३ हजार ४५० रुपैयाँ रहेको छ।

कम्पनीको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ३९३ रुपैयाँ रहेको छ भने न्यून मूल्य २८८ रुपैयाँ रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य ३१६ रुपैयाँ ९० पैसा रहेको छ।

ब्रोकर नम्बर ३८ बाट सर्वाधिक खरिद

यस साता कम्पनीको शेयर ब्रोकर नम्बर ३८ बाट सबैभन्दा बढी खरिद भएको छ। सो ब्रोकरले यस साता कम्पनीको २ हजार १६५ कित्ता शेयर खरिद गरेको छ। त्यसैगरी, ब्रोकर नम्बर १ ले कम्पनीको २ हजारभन्दा बढी शेयर खरिद गरेको छ। सर्वाधिक बिक्री गर्नेमा भने यस साता ब्रोकर नम्बर ४५ रहेको छ। सो ब्रोकरले यस साता कम्पनीको ३ हजार १८३ कित्ता शेयर बिक्री गरेको छ।

मूल्य घट्ने डर

फियर एण्ड ग्रीड मिटरमा कम्पनी अहिले न्यूट्रल जोनमा फियर जोनमा झरेको छ। यसले लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य घट्ने भन्ने डरमा रहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।