सपोर्ट जोनबाट उकालो लाग्यो नेपाल एसबिआई, हेरौँ कम्पनी विश्लेषण

Apr 29, 2023 06:19 PM Merolagani



यस साता बैंकिङ्ग उपसमूहको परिसूचक ०.७५ प्रतिशत घटेको छ। गत साता १२४५.९४ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ९.३८ अंक घटेर १२३६.५६ विन्दुमा झरेको छ।

सोही उपसमूहमध्येको एक स्टक हो, नेपाल एसबिआई बैंक (SBI)।

यस साता बैंकको शेयरमूल्य १३ रुपैयाँ बढेको थियो। गत साताको अन्तिम कारोबार दिन ३२२ रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साताको बिहीबार ३३५ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

सपोर्ट जोनबाट उकालो लाग्यो

साताको अन्तिम कारोबार दिन बैंकको शेयरमूल्य सपोर्ट जोनबाट उकालो लागेको छ। सो दिन बैंकको शेयरमूल्य ३२५ रुपैयाँबाट बढेर ३३५ रुपैयाँमा अन्तिम कारोबार भएको हो। हालको लागि बैंकको सपोर्ट जोन ३२० देखि ३२५ रहेको छ। आगामी दिन बैंकको शेयरमूल्य उकालो लागेमा ३४० देखि ३५० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

खरिदकर्ता हाबी

साताको अन्तिम कारोबार दिन बैंकको शेयरमूल्यले हरियो मैनबत्ती बनाएको छ। त्यसैगरी, साप्ताहिक रुपमा पनि बैंकले हरियो मैनबत्ती बनाएको छ। यसले सो दिन र सो साता बजारमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

यस साता बैंकको शेयरमूल्य बढेपनि भोल्यूम भने कमजोर रहेको छ। यस साता बैंकको दैनिक औषतमा ९५ हजार ५८३ कित्ता शेयर खरिदबिक्री भएको छ। बैंकको २० दिने औषत भोल्यूम १ लाख ४३ हजार ८०० कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ३३.५३ प्रतिशत कम हो।

सकारात्मक क्षेत्रमा एमएसिडी

प्राविधिक विश्लेषणको उपकरण एमएसिडीमा बैंकको शेयरमूल्य सकारात्मक क्षेत्रमा रहेको छ। साताको अन्तिम कारोबार दिन एमएसिडी रेखा र सिग्नल रेखा दुबै शून्य रेखाभन्दा माथि रहेको छ। त्यसैगरी, बैंकको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा रहेको छ। यसले बैंकको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

खरिदबिक्री चाप सन्तुलनमा

यस साता बैंकको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा बैंकको शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ८० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.७१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४४.७७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ३०.७५ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको सञ्चालन मुनाफा समीक्षा अवधिमा ३८.४५ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब १६ करोड रुपैयाँ रहेको छ।

गत आर्थिक वर्षको मुनाफाबाट ३ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी १० अर्ब १२ करोड पुर्याएको यस बैंकको जगेडा कोषमा ७ अर्ब ९५ करोड रुपैयाँ सञ्चित छ। पछिल्लो ९ महिनामा बैंकको निक्षेप १७.२३ प्रतिशत बढेको छ भने कर्जा १४.०९ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ ६३ पैसा बढेर २३ रुपैयाँ ७६ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १७८ रुपैयाँ ५७ पैसा रहेको छ। साताको अन्तिम कारोबार दिनका आधारमा बैंकको मूल्य आम्दानी अनुपात १४.१ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु १.८८ गुणा रहेको छ।

आधारभूत विश्लेषण

हाल नेप्सेमा बैंकको १० करोड १२ लाख ६ हजार २८७.०६ कित्ता शेयर सूचीकृत छ। बैंकको १८० दिने औषत मूल्य ३१० रुपैयाँ रहेको छ। बैंकको ५२ हप्ताको उच्च मूल्य ३६० रुपैयाँ रहेको छ भने न्यून मूल्य २५१ रुपैयाँ रहेको छ। गत बिहीबारको अन्तिम कारोबार मूल्य अनुसार बैंकको कुल बजार पूँजीकरण ३३ अर्ब ९० करोड ४१ लाख ६ हजार १६५ रुपैयाँ १० पैसा रहेको छ।

ब्रोकर नम्बर ३४ बाट सर्वाधिक खरिद

यस साता ब्रोकर नम्बर ३४ ले बैंकको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले बैंकको २२ हजार ७१६ कित्ता शेयर खरिद गरेको छ। त्यस्तै, ब्रोकर नम्बर ४४ ले सो साता बैंकको सबैभन्दा बढी शेयर बिक्री गरेको छ। ब्रोकरले बैंकको ११ हजार ४१७ कित्ता शेयर बिक्री गरेको छ।

शेयरमूल्य बढ्ने आशा

फियर एण्ड ग्रीड मिटरमा बैंक अहिले न्यट्रल जोनबाट ग्रिड जोनतर्फ अगाडि बढीरहेको छ। यसले लगानीकर्ताहरु शेयरमूल्य बढ्छ भन्ने अपेक्षामा रहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।