गत साता साढे १४ अंक घटेको नेप्से, यस साता के होला?

Apr 30, 2023 06:46 AM Merolagani



गत साता नेप्से परिसूचक करिब साढे १४ अंक घटेको थियो। अघिल्लो साता १९०४.४० विन्दुमा बन्द भएको नेप्से, गत साता ०.७७ प्रतिशत अर्थात १४.६५ अंक घटेर १८८९.७५ विन्दुमा बन्द भएको हो।

गत साता ५ कारोबार दिनमध्ये नेप्से परिसूचक ३ कारोबार दिन ओरालो लागेको थियो। सो साता सोमबार र मंगलबार नेप्से बढेको थियो भने अन्य ३ कारोबार दिन ओरालो लागेको हो।

बिक्रीकर्ता सक्रिय

गत साता साप्ताहिक रुपमा नेप्सेले बियरिश मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा बिक्रीकर्ताहरु सक्रिय रहेको संकेत गर्दछ। यद्यपि, मैनबत्ती सानो भएकोले सो साता लगानीकर्ताहरुको संलग्नता कम रहेको संकेत गर्दछ।

सपोर्ट जोनमा

गत साताका पाँचै कारोबार दिन नेप्से परिसूचक सपोर्ट जोन भित्र कारोबार भएको छ। हालको लागि नेप्सेको सपोर्ट जोन १८८० देखि १९१० को क्षेत्र रहेको छ। गत साता नेप्से सोही क्षेत्रभित्र रहेको छ। आगामी दिन नेप्से सो टेवा क्षेत्र तोडेर तल झरेमा १८०० देखि १८३५ को क्षेत्रमा टेवा पाउने देखिन्छ। त्यसैगरी, उकालो लागेमा भने १९९० देखि २०१५ को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

कमजोर भोल्यूम

गत साता नेप्सेको भोल्यूम कमजोर रहेको छ। गत साता दैनिक औषतमा नेप्सेमा ८१ करोडको शेयर कारोबार भएको थियो। नेप्सेको २० दिने औषत भोल्यूम ९७ करोड ५९ लाख रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्युम १६.९९ प्रतिशत कम हो। घट्दो बजारमा भोल्यूम कम हुनुले लगानीकर्ताहरु सस्तोमा शेयर बिक्री गर्न नचाहेको संकेत गर्दछ।

घट्दै हिस्टोग्राम

गत साता नेप्सेको हिस्टोग्राम शून्य रेखाभन्दा माथि रहेको छ। यद्यपि, यसको उचाई भने घट्दै गएको छ। नेप्सेको एमएसिडी रेखा र सिग्नल रेखा दुबै नकारात्मक क्षेत्रमा रहेका छन्। एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ। तर, यी दुई बीचको दूरी भने साँघुरिएको छ। आगामी साता एमएसिडी रेखाले सिग्नल रेखालाई माथिबाट काटेर तल गएमा बियरिश क्रशओभर बन्नेछ। जसले बजार घट्ने संकेत गर्दछ।

खरिदबिक्री चाप सन्तुलनमा

गत साता नेप्सेको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा खरिदबिक्री चाप सन्तुलनामा रहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।