गत साता साढे १ प्रतिशत घटेको नेप्से, यस साता के होला?

May 14, 2023 06:01 AM Merolagani



गत साता नेप्से परिसूचक साढे १ प्रतिशत घटेको थियो। अघिल्लो साता १८६९.७३ विन्दुमा बन्द भएको नेप्से, गत साता १.६७ प्रतिशत अर्थात ३१.१४ अंक घटेर १८३८.५९ विन्दुमा झरेको हो।

गत साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से ओरालो लागेको थियो भने एक कारोबार दिन उकालो लागेको थियो। सो साताको मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको थियो।

टेवा परीक्षणमा नेप्से

गत साताका ४ कारोबार दिन नेप्सेले टेवा परीक्षण गरेको देखिन्छ। हाल नेप्सेको टेवा क्षेत्र १८०० देखि १८३५ सम्म रहेको छ। गत साताका चार कारोबार दिन नेप्सेले सो क्षेत्र परीक्षण गरेपनि, लगानीकर्ताहरुले सो क्षेत्रभन्दा तल झर्न दिएका छैनन्। सो टेवा क्षेत्र तोडेर ओरालो लागेमा भने नेप्स्ेले १७४० देखि १७६० को क्षेत्रमा टेवा पाउने देखिन्छ। त्यसैगरी, यस साता नेप्से उकालो लागेमा भने १९८० देखि २०१५ को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। यस साता नेप्से परिसूचक १८८० विन्दुभन्दा माथि बन्द भएमा त्यसलाई रिर्भसलको पूर्वसंकेतका रुपमा लिन सकिने मेरोलगानी एआई चार्टले देखाएको छ।

अन्योलमा लगानीकर्ता

साताको अन्तिम कारोबार दिन नेप्सेले डोजी मैनबत्ती बनाएको छ। यसले बजारमा लगानीकर्ताहरु अन्योलमा रहेको संकेत गर्दछ। साप्ताहिक रुपमा भने नेप्सेले रातो मैनबत्ती बनाएको छ। जसले सो साता बजारमा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

कमजोर भोल्यूम

गत साता नेप्सेको भोल्यूम पनि कमजोर रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ६८ करोडको मात्र शेयर खरिदबिक्री भएको थियो। नेप्सेको २० दिने औषत भोल्यूम ८० करोड ४७ लाख रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम १५.४९ प्रतिशत कम हो। नेप्से घटेसँगै भोल्यूम कमजोर हुनुले लगानीकर्ताहरु सस्तोमा शेयर बिक्री गर्न नचाहेको संकेत गर्दछ।

नकारात्मक क्षेत्रमा एमएसिडी

गत साता पनि नेप्सेको एमएसिडी नकारात्मक क्षेत्र अर्थात शून्य रेखाभन्दा तल रहेको छ। सो साता एमएसिडी रेखा सिग्नल रेखाभन्दा तल रहेको छ। आगामी साता एमएसिडी रेखाले सिग्नल रेखालाई तलबाट काटेर माथि लागेमा बुलिश क्रशओभर बन्नेछ। यसले आगामी दिनमा बजार बढ्ने संकेत गर्दछ। नेप्सेको हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा रहेको छ यद्यपि, यसको उचाई भने घट्दो क्रममा रहेको छ।

खरिदबिक्री चाप सन्तुलनमा

गत साता नेप्सेको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले सो साता बजारमा शेयर खरिदबिक्री चाप सन्तुलनामा रहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकको आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।