गत साता साढे ४ प्रतिशतभन्दा बढी घटेको नेप्से, यस साता के होला?

Jun 04, 2023 06:00 AM Merolagani



गत साता नेप्से परिसूचक साढे ४ प्रतिशतभन्दा बढी घटेको छ। अघिल्लो साता १९५९.१२ विन्दुमा रहेको नेप्से, गत साता ४.७४ प्रतिशत अर्थात ९२.७८ अंक घटेर १८६६.३४ विन्दुमा झरेको थियो।

गत साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। सोमध्ये तीन कारोबार दिन नेप्से घटेर बन्द भएको थियो भने एक दिन बढेर बन्द भएको थियो। सोमबार सार्वजनिक भएको आगामी आर्थिक वर्षको बजेटले लगानीकर्ताहरुमाझ करको विषयमा अन्योलता सिर्जना गरेपछि गत साता बजार उच्च दरमा घटेको हो।

सपोर्ट जोन नजिकै

गत साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सपोर्ट जोन नजिकै बन्द भएको छ। हालको लागि नेप्सेको सपोर्ट जोन १८०० देखि १८३५ को क्षेत्र रहेको छ। सो दिन नेप्से १८३७.२४ विन्दुसम्म झरेको थियो भने इन्ट्रा डे मा १८७७.२४ विन्दुसम्म पुगेको थियो। यस साता नेप्से परिसूचक १८७६.९० विन्दुभन्दा माथि बन्द भएमा त्यसले रिभर्सलको संकेत गर्ने मेरोलगानी एआई चार्टले देखाएको छ। नेप्सेले पछिल्लो समय बारम्बर सो क्षेत्रमा टेवा पाएको छ। यस साता नेप्से उकालो लागेमा १९८० देखि २०१५ सम्मको क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

बिक्रीकर्ता हाबी

गत साता नेप्सेमा बिक्रीकर्ता हाबी भएको देखिएको छ। साप्ताहिक रुपमा गत साता नेप्सेले बियरिश इन्गल्फिङ्ग प्याटर्न बनाएको छ। यसले सो साता बजारमा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन बनेको हरियो मैनबत्तीले भने सो दिन खरिदकर्ताले जीतेको संकेत गर्दछ।

बलियो भोल्यूम

नेप्से परिसूचक ओरालो लागेपनि गत साता भोल्यूम भने बलियो देखिएको छ। गत साता नेप्सेमा दैनिक औषतमा २ अर्ब २४ करोडको शेयर खरिदबिक्री भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम १ अर्ब १९ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ८८.२३ प्रतिशत बढी हो।

बियरिश हुने सम्भावना

साताको अन्तिम कारोबार दिन नेप्सेको एमएसिडी रेखा र सिग्नल रेखा बीचको दूरी घटेको छ। यस अनुसार यस साता एमएसिडी रेखाले सिग्नल रेखालाई माथिबाट काटेर तल लागेमा बियरिश क्रशओभर बन्नेछ। जसले आगामी दिनमा बजार घट्ने संकेत गर्दछ। त्यसैगरी, नेप्सेको हिस्टोग्राम पनि पछिल्ला कारोबार दिनहरुमा घट्दै गएको छ।

खरिदबिक्री चाप सन्तुलनमा

यस साता स्टकास्टिक आरएसआईमा नेप्से परिसूचक न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।