स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो दोल्ती पावर र भुगोल इनर्जीको पहिलो कारोबार?

Jun 08, 2023 10:47 AM Merolagani



जेठ २५ गते, बिहीबार, स्पेशल प्रि ओपन सेसनमा दोल्ती पावर कम्पनी लिमिटेड र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको पहिलो कारोबार भएको छ।

यस दिन स्पेशल प्रि ओपन सेसनमा दोल्ती पावर (DOLTI) को शेयर प्रतिकित्ता २६१ रुपैयाँमा पहिलो कारोबार भएको छ भने भुगोल इनर्जीको शेयर २०२ रुपेयाँ ८ पैसामा पहिलो कारोबार भएको छ।

यी दुबै कम्पनीको शेयर जेठ २४ गते, बुधबार नेप्सेमा सूचीकृत भएको थियो। नेप्सेले दोल्ती पावरको पहिलो कारोबारको लागि ८७ रुपैयाँ देखि २६१ रुपैयाँ ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो भने भुगोल इनर्जी (BEDC) लाई ६७ रुपैयाँ ६३ पैसा देखि २०२ रुपैयाँ ८९ पैसा ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिन कम्पनीहरुको शेयर कारोबार भएको हो।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।