स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो दोल्ती पावर र भुगोल इनर्जीको पहिलो कारोबार?

Jun 08, 2023 10:47 AM Merolagani



जेठ २५ गते, बिहीबार, स्पेशल प्रि ओपन सेसनमा दोल्ती पावर कम्पनी लिमिटेड र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको पहिलो कारोबार भएको छ।

यस दिन स्पेशल प्रि ओपन सेसनमा दोल्ती पावर (DOLTI) को शेयर प्रतिकित्ता २६१ रुपैयाँमा पहिलो कारोबार भएको छ भने भुगोल इनर्जीको शेयर २०२ रुपेयाँ ८ पैसामा पहिलो कारोबार भएको छ।

यी दुबै कम्पनीको शेयर जेठ २४ गते, बुधबार नेप्सेमा सूचीकृत भएको थियो। नेप्सेले दोल्ती पावरको पहिलो कारोबारको लागि ८७ रुपैयाँ देखि २६१ रुपैयाँ ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो भने भुगोल इनर्जी (BEDC) लाई ६७ रुपैयाँ ६३ पैसा देखि २०२ रुपैयाँ ८९ पैसा ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिन कम्पनीहरुको शेयर कारोबार भएको हो।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।