ग्लोबल आइएमई बैंकले कमायो ७ अर्बभन्दा बढी नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 06, 2023 04:42 AM Merolagani



ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले असार मसान्तसम्ममा ७ अर्बभन्दा बढी नाफा आर्जन गर्न सफल भएको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ७ अर्ब २५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.२६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब ९५ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी तथा सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६६.३७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २२.४८ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ५२.४९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४४.२६ प्रतिशत बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९५ करोड ६९ लाख रुपैयाँ रहेको छ। यस अनुसार बैंकको लाभांश क्षमता ८.२७ प्रतिशत रहेको छ।

नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५६ पैसा घटेर २० रुपैयाँ २८ पैसामा झरेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ८.९६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ५ पैसा रहेको छ।

३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २२ अर्ब ९१ करोड १६ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप ५३.९३ प्रतिशत बढेको छ भने कर्जा लगानी ३८.०९ प्रतिशत बढेको छ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।