स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो नेपाल रिपब्लिक र आइएमई लाइफको पहिलो कारोबार?

Aug 06, 2023 10:50 AM Merolagani



साउन २१ गते, आइतबार, स्पेशल प्रि ओपन सेसनमा नेपाल रिपब्लिक मिडिया (NRM) र आइएमई लाइफ इन्स्योरेन्सको पहिलो कारोबार भएको छ।

यस दिन आइएमई लाइफ (ILI) को शेयर प्रतिकित्ता ५२९ रुपैयाँ ५० पैसामा पहिलो कारोबार भएको छ भने नेपाल रिपब्लिक मिडियाको प्रतिकित्ता २५० रुपैयाँ ४० पैसामा पहिलो कारोबार भएको छ।

यी दुई कम्पनीको शेयर गत बिहीबार अर्थात साउन १८ गते नेप्सेमा सूचीकृत भएको थियो। नेप्सेले पहिलो कारोबारका लागि आइएमई लाइफलाई न्युनतम १७६ रुपैयाँ ५३ पैसा देखि ५२९ रुपैयाँ ५९ पैसासम्म र नेपाल रिपब्लिक मिडियालाई न्युनतम ८४ रुपैयाँ ४७ पैसा देखि २५३ रुपैयाँ ४१ पैसासम्मको ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। सोही ओपनिङ्ग रेञ्जका आधारमा यस दिन यी कम्पनीहरुको पहिलो कारोबार भएको हो।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।