स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो नेपाल रिपब्लिक र आइएमई लाइफको पहिलो कारोबार?

Aug 06, 2023 10:50 AM Merolagani



साउन २१ गते, आइतबार, स्पेशल प्रि ओपन सेसनमा नेपाल रिपब्लिक मिडिया (NRM) र आइएमई लाइफ इन्स्योरेन्सको पहिलो कारोबार भएको छ।

यस दिन आइएमई लाइफ (ILI) को शेयर प्रतिकित्ता ५२९ रुपैयाँ ५० पैसामा पहिलो कारोबार भएको छ भने नेपाल रिपब्लिक मिडियाको प्रतिकित्ता २५० रुपैयाँ ४० पैसामा पहिलो कारोबार भएको छ।

यी दुई कम्पनीको शेयर गत बिहीबार अर्थात साउन १८ गते नेप्सेमा सूचीकृत भएको थियो। नेप्सेले पहिलो कारोबारका लागि आइएमई लाइफलाई न्युनतम १७६ रुपैयाँ ५३ पैसा देखि ५२९ रुपैयाँ ५९ पैसासम्म र नेपाल रिपब्लिक मिडियालाई न्युनतम ८४ रुपैयाँ ४७ पैसा देखि २५३ रुपैयाँ ४१ पैसासम्मको ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। सोही ओपनिङ्ग रेञ्जका आधारमा यस दिन यी कम्पनीहरुको पहिलो कारोबार भएको हो।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।