निरन्तर तेस्रो कारोबार दिन बढ्यो नेप्से, कारोबार रकम पनि बढ्यो

Sep 21, 2023 03:16 PM Merolagani



साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्लो दुई कारोबार दिनदेखि बढीरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक ४४.३४ अंक बढेर २०२९.७८ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ७.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.९७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२७ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन १ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २७८ स्टकको १ लाख १९ हजार ३५९ पटकको कारोबारमा ३ अर्ब २९ करोड ३९ लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बिहीबार १० स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेशनल हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, स्वाभिमान लघुवित्त, हिमाल दोलखा हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावर, न्यादी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, अरुण काबेली हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी लगायतका स्टकहरु सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा यस दिन सन नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन २० करोड १८ लाख ३६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन रिलायबल नेपाल लाइफको करिब १४ करोडको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सको साढे १० करोडको शेयर किनबेच भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ५.३१ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक करिब ४ प्रतिशत बढेको छ। कारोबारमा आएका लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।