स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो अप्पर लोहोरे र मनकामना इन्जिनियरिङ्गको पहिलो कारोबार?

Sep 25, 2023 10:48 AM Merolagani



असोज ८ गते, सोमबार, स्पेशल प्रि ओपन सेसनमा अप्पर लोहोरे खोला र मनकामना इन्जिनियरिङ्गको पहिलो कारोबार भएको छ। यी कम्पनीहरुको शेयर असोज ७ गते नेप्सेमा सूचीकृत भइ आजदेखि कारोबारमा आएका हुन्।

यस दिन अप्पर लोहोरे खोला हाइड्रोपावर (ULHC) को शेयर प्रतिकित्ता २९३ रुपैयाँमा पहिलो कारोबार भएको हो। पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई ९७ रुपैयाँ ८७ पैसादेखि २९३ रुपैयाँ ६१ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। कम्पनीको शेयर यूएलएचसी टिकरमा कारोबार भएको हो।

त्यसैगरी, यस दिन मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर (MEHL) को शेयर प्रतिकित्ता २२२ रुपैयाँमा पहिलो कारोबार भएको छ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ७४ रुपेयाँ देखि २२२ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। कम्पनीको स्टक टिकर एमईएचएल रहेको छ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।