यस दिन नेप्से परिसूचक ५.१९ अंक बढेर १९७६.२९ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.६६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अंक बढेको छ।
नेप्से बढेपनि यस दिन कारोबार रकम सामान्य घटेको छ। यस दिन २८६ स्टकको ८५ हजार ५९१ पटकको कारोबारमा १ अर्ब ७३ करोड ७३ लाख रुपैयाँ बराबरको ५७ लाख ७६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.३३ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशत बढेको छ। यस दिन होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक घटेको छ।
सोमबार दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सिवाईसी लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको पिपुल्स हाइड्रोपावर र मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन २१ करोड ६८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन भएका कारण शेयर कारोबार बढेको हो। त्यसैगरी, यस दिन सिटिजन लाइफ इन्स्योरेन्सको करिब १३ करोडको शेयर खरिदबिक्री भएको छ।