नासा सेक्युरिटिजले ग्राहकहरुका लागि ल्यायो AI Chatbotसँगै नौलो सुविधा

Oct 18, 2023 05:06 PM Merolagani



नेपाल धितोपत्र बोर्डबाट शेयर ब्रोकरको कार्य गर्न अनुमति पाएको नासा सेक्यूरिटीज कम्पनी लिमिटेडले ग्राहक र सर्वसाधारणका लागि नौलो सुविधाहरु सार्वजनिक गरेको छ । 

नासा सेक्यूरिटीजले आफ्नो वेवसाईटको साजसज्जामा परिवर्तन गरी एआई (AI) माध्यमबाट ग्राहकहरुको समस्या समाधान गर्न च्याटबटको पनि व्यवस्था गरेको छ । वेवसाईट खोल्नासाथ तल दायाँतर्फ च्याटबट संकेत देखिने र त्यसमा क्लिक गरी ग्राहकले आफ्नो चासो तथा समस्या राख्न सक्नेछन् । एआईको माध्यमबाट समस्या समाधान र प्रश्नको सही जवाफ प्राप्त नभएमा सोही च्याटबटले सर्पोट टिकट बनाई नासा सेक्यूरिटीजका सम्बन्धित विभागका कर्मचारी समक्ष समस्या र गुनासो राख्न सकिने विकल्प पनि छ । सो पश्चात् कर्मचारीहरुले तत्कालै समाधान गरि सोको जानकारी गराउने व्यवस्था मिलाइएको प्रबन्ध सञ्चालक मदन पौड्यालले बताए ।

नासाले यस वर्षको दशैंको शुरुवातसँगै खल्ती डिजिटल वालेटसँगको सहकार्यमा आफ्ना सम्पूर्ण ग्राहकहरुले एकमुष्ट रुपमा ९ सय ९० रुपैयाँ तिरेर १० वर्षका लागि हितग्राही र मेरो शेयर खाता नविकरण गर्न सकिने सुविधा शुरु गरेको छ । खल्ती डिजिटल वालेट मार्फत् यसरी हितग्राही खाता नविकरण गरेमा ९९० रूपैयाँमात्र भुक्तानी गरी सो सुविधा प्राप्त गर्न सकिनेछ । यसका लागि खल्ती वालेटको एपमार्फत् डिम्याट र मेरो शेयर विकल्पमा गई नविकरण गर्नुपर्नेछ ।

नासाले आफ्नो वेवसाईट मार्फत नासा ट्रेडिङ स्कुल नामक Open Learning Platfom पनि ग्राहकहरुका लागि प्रस्तुत गरेको छ । वेवसाईटको मुख्य पृष्ठको पहिलो लहरमा रहेको यो लिंकमा गई सर्वसाधारणले रजिष्ट्रेशन गरी शेयर बजार र कारोबारबारे विविध जानकारीमूलक श्रव्यदृश्य सामाग्रीहरु निःशुल्क रुपमा हेरी ज्ञान प्राप्त गर्न सक्ने छन् ।

नासाले डिटिजल उपकरणहरुको स्तरोन्नति गरी सम्बन्धित निकायहरुबाट अनुमति प्राप्त गरी अनलाईन सर्टिफिकेशनसम्मको सुविधा दिने योजना बनाएको सञ्चालक पौड्यालले जानकारी दिए ।

 




comments powered by Disqus

दुई जीवन बीमाले घोषणा गरे २० प्रतिशत माथि लाभांश, अन्यको कति ?

Jan 31, 2025 12:46 PM

बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणा क्रम करिब सकिएपछि बीमा कम्पनीहरुले विस्तारै लाभांश घोषणा गर्न थालेका छन्। अहिलेसम्म नेप्सेमा सुचीकृत १४ वटा बीमा कम्पनीमध्ये २ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन्।