स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो सोनापुर मिनरल्सको पहिलो कारोबार?

Oct 29, 2023 10:50 AM Merolagani



कात्तिक १२ गते, आइतबार, स्पेशल प्रि ओपन सेसनमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता ३५० रुपैयाँमा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर कात्तिक २ गते नेप्सेमा सूचीकृत भएको थियो। सोपश्चात दशैं बिदा परेको हुनाले यस दिन कम्पनीको पहिलो कारोबार भएको हो। पहिलो कारोकारको लागि नेप्सेले प्रतिकित्ता १४२ रुपैयाँ १ पैसादेखि ४२६ रुपैयाँ ३ पैसा प्रदान गरेको थियो। कम्पनीको शेयर एसओएनए टिकरमा कारोबार भएको हो।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।