Sat, Sep 13, 2025
कात्तिक १२ गते, आइतबार, स्पेशल प्रि ओपन सेसनमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता ३५० रुपैयाँमा पहिलो कारोबार भएको हो।
कम्पनीको शेयर कात्तिक २ गते नेप्सेमा सूचीकृत भएको थियो। सोपश्चात दशैं बिदा परेको हुनाले यस दिन कम्पनीको पहिलो कारोबार भएको हो। पहिलो कारोकारको लागि नेप्सेले प्रतिकित्ता १४२ रुपैयाँ १ पैसादेखि ४२६ रुपैयाँ ३ पैसा प्रदान गरेको थियो। कम्पनीको शेयर एसओएनए टिकरमा कारोबार भएको हो।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।