सातामा सामान्य अंक बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो?

Nov 11, 2023 05:17 AM Merolagani



यस साता नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। गत साता १८४७.७० विन्दुमा बन्द भएको नेप्से, यस साता ४.३८ अंक बढेर १८५२.०८ विन्दुमा पुगेको छ।

यस साता ५ कारोबार दिनमध्ये ३ कारोबार दिन नेप्से उकालो लागेको थियो भने दुई कारोबार दिन ओरालो लागेको थियो। यस साताको पहिलो र अन्तिम कारोबार दिन नेप्से घटेको थियो भने बाँकी ३ कारोबार दिन बढेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ०.२० प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स ०.०६ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७४ प्रतिशत घटेको छ।

नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकममा पनि सुधार भएको छ। गत साता दैनिक औषतमा ७६ करोडको शेयर कारोबार भएको बजारमा यस साता दैनिक औषतमा ९१ करोडको शेयर खरिदबिक्री भएको छ। गत साताको तुलनामा यस साताको कारोबार रकम १९.५९ प्रतिशत बढेको हो। त्यसैगरी, यस दिन दैनिक औषत शेयर संख्या १६.९६ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १३.२१ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि सामान्य बढेको छ। गत साताको अन्तिम कारोबार दिन २८ खर्ब ४६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ६ अर्ब बढेर २८ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ।

१३ उपसमूहमध्ये यस साता ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.४८ प्रतिशत बढेको छ। अंकका आधारमा पनि यही उपसमूहको परिसूचक सर्वाधिक १६८.९२ अंक बढेको छ।

कारोबारमा आएको म्युचुअल फण्ड उपसमूहको परिसूचक यस साता सर्वाधिक ०.८६ प्रतिशत घटेको छ। अंकका आधारमा भने यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २९.६२ अंक घटेको छ।

यस साता एक कम्पनीको १ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ नेप्सेमा सूचीकृत भएको हो।

यस साता शेयरमूल्य बढेका स्टकहरुको मूल्य वृद्धिदर १० प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको ओरियन्टल होटलको शेयरमूल्य यस साता सर्वाधिक ९.५९ प्रतिशत बढेको छ। त्यस्तै, तारागाउँ रिजेन्सही होटलको शेयरमूल्य पनि यस साता साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। हिमालयन लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस साता सर्वाधिक १३.१४ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता कृषि विकास बैंक, महुली लघुवित्त, स्वरोजगार लघुवित्त लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने सामलिङ्ग पावर कम्पनी, सानिमा इक्विटी फण्ड, स्वाभिमान लघुवित्त लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।