चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २ करोड १९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४.३६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा भने १हजार ५५८.४९ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पहिलो ३ महिनामा ९ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ।
आम्दानी घटेपनि खर्च घटेका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ५४.१९ प्रतिशत घटेको छ भने कुल खर्च ७२.८५ प्रतिशत घटेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ५ रुपैयाँ ४ पैसा बढेर ५ रुपैयाँ ४१ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ८० रुपैयाँ २४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५२.४९ गुणा रहेको छ।
१ अर्ब १७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७० करोड ७५ लाख रुपैयाँ सञ्चित छ।