तिहार अघिको अन्तिम साता सामान्य अंक बढेर बन्द भएको नेप्से, यस साता के होला?

Nov 19, 2023 06:21 AM Merolagani

कात्तिक २४ गतेदेखि बन्द भएको शेयरबजार भोली मंसिर ४ गते सोमबारदेखि खुल्नेछ। तिहार तथा छठ पर्वको बिदाका कारण पछिल्लो १० दिनदेखि बन्द रहेको नेप्से भोलीदेखि खुल्दैछ।

तिहार अघि नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको थियो। सो साता नेप्से परिसूचक ४.३८ अंक बढेर १८५२.०८ विन्दुमा पुगेको थियो।

सो साता ५ कारोबार दिनमध्ये नेप्से परिसूचक २ कारोबार दिन घटेको थियो भने तीन कारोबार दिन बढेको थियो। सो साताको पहिलो र अन्तिम कारोबार दिन नेप्से घटेको थियो।

सपोर्टबाट उक्लिन खोज्दै

तिहार अघि नेप्से परिसूचक सपोर्ट जोनबाट उक्लिन खोजिरहेको देखिन्छ। साताको पहिलो कारोबार दिन सपोर्ट जोनमा झरेको नेप्से, सो पछिका तीन कारोबार दिन भने बढेको थियो। हाल नेप्सेको सपोर्ट क्षेत्र १८१० देखि १८४० सम्म रहेको छ। यस साता नेप्से ओरालो लागेमा सोही क्षेत्रमा टेवा पाउनेछ। त्यसैगरी, आगामी दिनमा नेप्से उकालो लागेमा १९५० देखि १९८० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

अन्योलमा लगानीकर्ता

साप्ताहिक रुपमा नेप्सेले तिहार अघि स्पिनिङ्ग टप मैनबत्ती बनाएको छ। यसले लगानीकर्ताहरु आगामी दिनमा बजारले कुन दिशा लिन्छ भन्ने कुराले अन्योलमा रहेको संकेत गर्दछ। साताको अन्तिम कारोबार दिन नेप्सेले बनाएको रातो मैनबत्तीले भने सो दिन बजारमा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

कमजोर भोल्यूम

तिहार अघि नेप्से सामान्य अंक बढेपनि भोल्यूम भने कमजोर देखिएको छ। सो साता नेप्सेमा दैनिक औषतमा ९१ करोडको शेयर खरिदबिक्री भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ९६ करोड रहेको थियो। २० दिने औषत भोल्यूमको तुलनामा नेप्सेको दैनिक औषत भोल्यूम ५.२० प्रतिशत कम हो।

बुलिश क्रशओभर

तिहार अघिको अन्तिम साता नेप्सेको एमएसिडी रेखाले सिग्नल रेखालाई तलबाट काटेर माथि लागेको छ। यसले आगामी दिनमा बजार बढ्ने संकेत गर्दछ। त्यसैगरी, साताका अन्तिम दुई कारोबार दिन हिस्टोग्राम शून्य रेखाभन्दा माथि उक्लिएको छ। यसले बजार बुलिश हुन खोजिरहेको संकेत गर्दछ।

बिक्रीचाप बढी

सो साता स्टकास्टिक आरएसआईमा नेप्से परिसूचक ओभरसोल्ड जोनमा रहेको छ। यसले बजारमा बिक्रीचाप बढी रहेको संकेत गर्दछ। यद्यपि, यो विस्तारै न्यूट्रल जोनतर्फ अघि बढीरहेको छ।

(प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।