Fri, Oct 02, 2026
मंसिर ४ गते, सोमबार, स्पेशल प्रि ओपन सेसनमा माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड (MMKJL) को पहिलो कारोबार भएको छ। कम्पनीको शेयर यस दिन प्रतिकित्ता २८८ रुपैयाँ ४० पैसामा पहिलो कारोबार भएको हो।
कम्पनीको शेयर गत कात्तिक २३ गते बिहीबार नेप्सेमा सूचीकृत भएको थियो। सोपश्चात तिहार बिदा परेका कारण यस दिन स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।