Mon, Jan 05, 2026
मंसिर ४ गते, सोमबार, स्पेशल प्रि ओपन सेसनमा माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड (MMKJL) को पहिलो कारोबार भएको छ। कम्पनीको शेयर यस दिन प्रतिकित्ता २८८ रुपैयाँ ४० पैसामा पहिलो कारोबार भएको हो।
कम्पनीको शेयर गत कात्तिक २३ गते बिहीबार नेप्सेमा सूचीकृत भएको थियो। सोपश्चात तिहार बिदा परेका कारण यस दिन स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो।
पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।