गत साता सामान्य अंक बढेको नेप्से, यस साता के होला?

Nov 26, 2023 05:59 AM Merolagani



गत साता नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको थियो। तिहार अघि १८५२.०८ विन्दुमा बन्द भएको नेप्से, गत साता ८.१२ प्रतिशत बढेर १८६०.२० विन्दुमा पुगेको हो।

गत साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन नेप्से घटेको थियो। सो साता मंगलबार नेप्से परिसूचक करिब २४ अंक घटेको थियो।

 

टेवा पाएर बढ्यो बजार

गत साता नेप्सेले १८१० देखि १८४० को क्षेत्रमा टेवा पाएको छ। सो साताको मंगलबार टेवा क्षेत्रमा झरेको नेप्से, सो पछिका दुई कारोबार दिन बढेको थियो। नेप्सेले यसै टेवा क्षेत्रमा बारम्बर टेवा पाइसकेको छ। यस साता नेप्से परिसूचकले वृद्धिलाई निरन्तरता दिएमा १९५० देखि १९८० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

बुलिश सिग्नल

साप्ताहिक रुपमा गत साता नेप्सेले ह्यामर मैनबत्ती बनाएको छ। यो एक बुलिश मैनबत्ती हो। यसले आगामी दिनमा नेप्से परिसूचक बढ्न सक्ने संकेत गर्दछ। साताको अन्तिम कारोबार दिन नेप्सेले लामो पुच्छर र छोटो टुप्पी भएको हरियो मैनबत्ती बनाएको छ। यसले सो दिन सुरुवातमा बिक्रीकर्ता हाबी भएपनि अन्तिम समयमा भने खरिदकर्ता हाबी भएको संकेत गर्दछ।

बलियो भोल्यूम

गत साता नेप्सेको वृद्धिलाई भोल्यूमले पनि साथ दिएको छ। गत साता नेप्सेमा दैनिक औषतमा १ अर्ब १२ करोडको शेयर खरिदबिक्री भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ९१ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम २३.७ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ। यसका साथै नेप्सेको हिस्टोग्राम पनि शून्य रेखाभन्दा माथि रहेको छ। यसले नेप्सेले अहिले बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

खरिदबिक्री चाप सन्तुलनमा

स्टकास्टिक आरएसआईमा नेप्से परिसूचक गत साता न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्दा आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।