Tue, Aug 18, 2026
पुस ५ गते, बिहीबार, स्पेशल प्रि ओपन सेसनमा नेपाल वेयरहाउजिङ्ग कम्पनी (NWCL), चिरख्वा हाइड्रोपावर र भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको पहिलो कारोबार भएको छ।
यस दिन सो सेसनमा नेपाल वेयरहाउजिङ्गको शेयर प्रतिकित्ता २०८ रुपैयाँ ८० पैसामा पहिलो कारोबार भएको छ भने चिरख्वा हाइड्रोपावर (CKHL) को प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको छ। त्यसैगरी, सो सेसनमा भिजन लुम्बिनी (VLUCL) को शेयर प्रतिकित्ता ३६५ रुपैयाँ ३० पैसामा किनबेच भएको छ। यी तीनवटै कम्पनीको शेयर पुस ४ गते नेप्सेमा सूचीकृत भएको थियो। सोही अनुसार यस दिनको स्पेशल प्रि ओपन सेसनमा यी तीन कम्पनीहरुको पहिलो कारोबार भएको हो।
यस दिन सो सेसनमा नेपाल वेयरहाउजिङ्गको शेयर प्रतिकित्ता २०८ रुपैयाँ ८० पैसामा पहिलो कारोबार भएको छ भने चिरख्वा हाइड्रोपावर (CKHL) को प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको छ। त्यसैगरी, सो सेसनमा भिजन लुम्बिनी (VLUCL) को शेयर प्रतिकित्ता ३६५ रुपैयाँ ३० पैसामा किनबेच भएको छ।
यी तीनवटै कम्पनीको शेयर पुस ४ गते नेप्सेमा सूचीकृत भएको थियो। सोही अनुसार यस दिनको स्पेशल प्रि ओपन सेसनमा यी तीन कम्पनीहरुको पहिलो कारोबार भएको हो।
हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।