नेपाल वेयरहाउजिङ्ग, चिरख्वा र भिजन लुम्बिनीको कतिमा भयो पहिलो कारोबार?

Dec 21, 2023 10:48 AM Merolagani



पुस ५ गते, बिहीबार, स्पेशल प्रि ओपन सेसनमा नेपाल वेयरहाउजिङ्ग कम्पनी (NWCL), चिरख्वा हाइड्रोपावर र भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको पहिलो कारोबार भएको छ।

यस दिन सो सेसनमा नेपाल वेयरहाउजिङ्गको शेयर प्रतिकित्ता २०८ रुपैयाँ ८० पैसामा पहिलो कारोबार भएको छ भने चिरख्वा हाइड्रोपावर (CKHL) को प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको छ। त्यसैगरी, सो सेसनमा भिजन लुम्बिनी (VLUCL) को शेयर प्रतिकित्ता ३६५ रुपैयाँ ३० पैसामा किनबेच भएको छ।

यी तीनवटै कम्पनीको शेयर पुस ४ गते नेप्सेमा सूचीकृत भएको थियो। सोही अनुसार यस दिनको स्पेशल प्रि ओपन सेसनमा यी तीन कम्पनीहरुको पहिलो कारोबार भएको हो।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।