एनआईसी एशिया बैंकले फेरि घटायो ब्याजदर

Jan 10, 2024 06:37 AM Merolagani



एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले नयाँ ब्याजदर प्रकाशित गरेको छ। बैंकले माघ १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदरको सूचना प्रकाशित गरेको हो।

प्रकाशित सूचना अनुसार बैंकले माघ महिनाका लागि ब्याजदर घटाएको छ। पुस महिनामा ८.६७ प्रतिशत रहेको बैंकको व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर, माघ महिनादेखि ८.०६५ प्रतिशतमा झर्ने भएको छ। बैंकले आफ्नो ब्याजदर ०.६०५ प्रतिशतविन्दु घटाएको हो।

त्यसैगरी, संस्थागत निक्षेपमा बैंकको अधिकतम ब्याजदर ६.०६५ प्रतिशत रहेको छ। पुस महिनामा यस्तो ब्याजदर ६.६७ प्रतिशत थियो।

बैंकहरुले पछिल्ला ३ महिनादेखि ब्याजदर घटाइरहेका छन्। बैंकहरुको निक्षेप दैनिक बढ्दो क्रममा रहेको छ। तर, निक्षेपको तुलनामा कर्जा लगानी भने बढ्न सकेको छैन। फलस्वरुप बैंकहरुमा लगानीयोग्य रकम थुप्रिदै गएको छ। सोही कारण बैंकहरुले पछिल्ला ३ महिनादेखि ब्याजदर घटाइरहेका छन्।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।