नाफासँगै बढ्यो एचआईडिसीएलको प्रतिशेयर आम्दानी

Jan 29, 2024 07:09 AM Merolagani



एचआईडिसिएल अर्थात हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (HIDCL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले ७५ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.४७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६७ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १८१.६२ प्रतिशत बढेको छ भने वित्तीय आम्दानी ४.६२ प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको लाभांश आम्दानी भने १९.३७ प्रतिशत घटेको छ।

चुक्तापूँजी बढेपनि नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य सुधार भएको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २६ पैसा बढेर ६ रुपैयाँ ६१ पैसा बढेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २८.०३ गुणा रहेको छ।

२२ अर्ब ७७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १ अर्ब ८९ करोड रुपैयाँ सञ्चित छ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।