‘पर्ख र हेर’ को अवस्थामा दोर्दी खोला जलविद्युत कम्पनी, हेरौँ कम्पनी विश्लेषण

Feb 03, 2024 06:00 PM Merolagani



यस साता १३ मध्ये केबल तीन उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक ०.०३ प्रतिशत बढेको छ। गत साता २५९०.१८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ०.८५ अंक बढेर २५९१.०३ विन्दुमा पुगेको छ।

सोही उपसमूहमध्येको एक कम्पनी हो, दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेड (DORDI) ।

यस साता सो कम्पनीको शेयरमूल्य १० रुपैयाँ ९० पैसा घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४०५ रुपैयाँ ९० पैसा रहेको यस कम्पनीको शेयरमूल्य यस साता घटेर ३९५ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

 

‘पर्ख र हेर’ को अवस्थामा

यस साता कम्पनीको शेयरमूल्यले बारम्बार प्रतिरोध परीक्षण गरेको छ। यस साताका पहिलो तीन कारोबार दिन कम्पनीको शेयरमूल्यले प्रतिरोध क्षेत्र परीक्षण गरेको हो। हाल कम्पनीको प्रतिरोध क्षेत्र ४१५ देखि ४३० सम्म रहेको छ। त्यसैगरी, हाल कम्पनीको टेवा क्षेत्र ३४० देखि ३५५ सम्म रहेको छ।

अन्योलमा लगानीकर्ता

साप्ताहिक रुपमा कम्पनीको शेयरमूल्यले स्पिनिङ्ग टप मैनबत्ती बनाएको छ। यसले सो साता लगानीकर्ताहरु अन्योलमा रहेको संकेत गर्दछ।

एनआई सिग्नल

मेरोलगानी एआईले हालसम्म कम्पनीमा ५ सिग्नल दिइसकेको छ। जसमध्ये ४ सिग्नल सफल भएको थियो भने एक सिग्नलमा स्टप लस गर्नु परेको थियो।

कमजोर भोल्यूम

यस साता कम्पनीको भोल्यूम पनि कमजोर रहेको छ। यस साता कम्पनीको दैनिक औषतमा ३५ हजार २३६ कित्ता शेयर कारोबार भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम ६० हजार ३२६ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा ४१.५९ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

यस साता कम्पनीको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल रहेको छ। त्यसैगरी, कम्पनीको हिस्टोग्राम पनि नकारात्मक क्षेत्र अर्थात शून्य रेखाभन्दा तल रहेको छ। यसले कम्पनीको शेयरमूल्य बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

खरिदबिक्री चाप सन्तुलनमा

साताको अन्तिम कारोबार दिन स्टकास्टिक आरएसआईमा कम्पनीको शेयर न्यूट्रल जोनमा रहेको छ। यसले सो साता कम्पनीको शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले २ करोड ६७ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड ६७ लाख २० हजार रुपैयाँ बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको आम्दानी बढेसँगै खुद नाफा पनि बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १ लाख ८३ हजार रुपैयाँबाट बढेर ११ करोड १७ लाख रुपैयाँ पुगेको छ।

असोज मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ करोड २ लाख रुपैयाँ सञ्चित छ।

असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ १७ पैसा रहेको छ भने बुकभ्यालु १०२ रुपैयाँ ८७ पैसा रहेको छ। यस साताको अन्तिम मूल्य अनुसार कम्पनीको मूल्य आम्दानी अनुपात ३८.८४ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो ३.८४ गुणा रहेको छ।

आधारभुत अवस्था

हाल नेप्सेमा कम्पनीको १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता शेयर सूचीकृत छन्। कम्पनीको १८० दिने औषत मूल्य २५३ रुपैयाँ ३६ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको ५२ हप्ताको उच्च मूल्य ४४२ रुपैयाँ रहेको छ भने न्यून मूल्य १९१ रुपैयाँ ६० पैसा रहेको छ। साताको अन्तिम कारोबार मूल्य अनुसार कम्पनीको कुल बजार पूँजीकरण ४ अर्ब १६ करोड ४३ लाख २८ हजार ५८० रुपैयाँ रहेको छ।

कम्पनीले लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी २०७९ असोज १७ गतेदेखि विद्युतको व्यापारिक उत्पादन गर्दै आइरहेको छ।

ब्रोकर ७७ बाट सर्वाधिक खरिदबिक्री

यस साता ब्रोकर नम्बर ७७ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता कम्पनीको ५७ हजार २ कित्ता शेयर खरिद गरेको छ। त्यसैगरी, यस साता ब्रोकर नम्बर ७७ ले नै कम्पनीको सबैभन्दा बढी शेयर बिक्री गरेको छ। सो ब्रोकरले यस साता कम्पनीको ६० हजार २३९ कित्ता शेयर बिक्री गरेको छ।

मूल्य बढ्ने अपेक्षा

फियर एण्ड ग्रीड मिटरमा कम्पनीको शेयरमूल्य अहिले ग्रीड जोनमा रहेको छ। यसले लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य बढ्छ भन्ने अपेक्षामा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

 




comments powered by Disqus

आइतबार देखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै, कुन ब्रोकर कम्पनीले दिँदै छ सुविधा ?

Oct 04, 2024 01:33 PM

शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किन/बेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।