गत साता करिब साढे १ प्रतिशत बढेको नेप्से, यस साता के होला?

Feb 11, 2024 05:41 AM Merolagani



गत साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत बढेर बन्द भएको थियो। अघिल्लो साता २०६७.०१ विन्दुमा बन्द भएको नेप्से, गत साता १.४२ प्रतिशत अर्थात २९.३१ अंक बढेर २०९६.३२ विन्दुमा पुगेको हो।

गत साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन घटेको थियो। गत साताको पहिलो कारोबार दिन नेप्से घटेर बन्द भएको थियो भने बाँकी कारोबार दिन बजार बढेको थियो।

 

रिभर्सलको संकेत

साताको अन्तिम कारोबार दिन नेप्सेले ड्रयागनफ्लाई डोजी मैनबत्ती बनाएको छ। अघिल्लो कारोबार दिन रातो मैनबत्ती पछि बनेको यस मैनबत्तीले आगामी दिनमा नेप्से रिभर्स हुने संकेत गर्दछ। साप्ताहिक रुपमा भने नेप्सेले हरियो मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ।

‘पर्ख र हेर’ को अवस्था

गत साता नेप्से परिसूचक ‘पर्ख र हेर’ को अवस्थामा रहेका थिए। आगामी कारोबार दिन नेप्से परिसूचक उकालो लागेमा २२४० देखि २२८० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, नेप्से परिसूचक ओरालो लागेमा १९८० देखि २०२५ को क्षेत्रमा टेवा पाउने देखिन्छ।

कमजोर भोल्यूम

गत साता नेप्से बढेपनि भोल्यूम भने कमजोर रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा २ अर्ब ८६ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ४ अर्ब ९७ करोड रहेको छ। २० दिने औषत भोल्युमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ४२.४५ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल रहेको छ। त्यसैगरी, नेप्सेको हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा रहेको छ। यसले गत साता नेप्से बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन एमएसिडी रेखा र सिग्नल रेखा बीचको दूरी घटेको छ भने हिस्टोग्रामको उचाई पनि घटेको छ।

खरिदबिक्री चाप सन्तुलनमा

गत साताको अन्तिम कारोबार दिन, स्टकास्टिक आरएसआईमा नेप्से परिसूचक न्यूट्रल जोनमा रहेको छ। यसले सो साता बजारमा शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।