सिईडिबि हाइड्रोपावरको नाफा सामान्य घट्यो

Feb 12, 2024 10:07 AM Merolagani



सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (CHDC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ५ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.३८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड ५ लाख रुपैयाँ कमाएको थियो।

आम्दानी घटेसँगै कम्पनीको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सेवा शुल्क, ब्याज तथा अन्य आम्दानी १६.४८ प्रतिशत घटेको छ। त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको ब्याज खर्च ६३.८९ प्रतिशत घटेको छ भने कुल खर्च १.९३ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ६४ पैसत घटेर १२ रुपैयाँ ७८ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ६३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८७.६३ गुणा रहेको छ।

८३ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५५ करोड ८ लाख रुपैयाँ सञ्चित छ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।