यतिबेला लगानीकर्ता मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाकाे प्रतिक्षामा, बजारमैत्री नीति ल्याए नेप्से सकारात्मक बाटाे लाग्ने

Feb 12, 2024 02:17 PM Merolagani



राज कुमार पाण्डे
अहिले आम लगानीकर्ताले नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षालाई पर्खेर बसेका छन । त्यसैले सूचक र कारोबार दुबै सुस्त देखिएको छ।

यही कारण बजारमा खासै ठूलो उतारचढाव देखिएको छैन। राष्ट्र बैंकले अस्थिर निति लिएकै कारण बजारमा ठूलो गिरावट आयो। लगानीमैत्री वातावरण नभएर ठूला तथा संस्थागत लगानीकर्ता बजारमा 'पर्ख र हेर' को अवस्थामा छन।

अहिले आम लगानीकर्ताहरुको अपेक्षा राष्ट्र बैंकले बजारमैत्री नीति ल्याएर शेयरमा लगाउँदै आएको रिक्स वेयटेज १२५ प्रतिशतबाट १०० प्रतिशतमा झार्न,बैंकलाई लगानी गर्न दिने र संस्थागत लगानीकर्ता तर्फको २० करोडको क्याप हटाइए नेप्सेले सकारात्मक बाटो लाग्नेछ। सरकारको राजस्वमा पनि वृद्धि हुनेछ । मुलुकको आन्तरिक अर्थतन्त्रमा सुस्तता छाएको छ । यदि राष्ट्र बैंकले बजारमा लगाएको उक्त बाधकहरु फुकुवा गर्ने हो भने देशको अर्थतन्त्र चलाएमान गर्न सहयोग पुग्दछ ।

अहिले बजारमा वित्तीय रूपमा कमजाेर कम्पनीमा लगानीकर्ताको चाप रहेको छ किनकि यस्तो शेयरमा समूहहरु मिलेर कर्नरिङ गर्न सजिलो हुन्छ। बजारमा हुने गरेका यस्ता गतिविधिले भोलि लगानी जोखिम झनै बढ्न सक्ने देखिन्छ । जब बजारमा संस्थागत तथा ठूला लगानीकर्ता आउछन्, तब सबल तथा बलियो कम्पनी बढेर बजार दिगो हुन्छ ।

कोरोना महामारीका कारण त्यसबेला अर्थतन्त्रको सबै क्षेत्र सुस्त भएका कारण सरकार तथा राष्ट्र बैंकले उधोग धन्दा सञ्चालन गर्नको लागि ब्याजलगायत विभिन्न कुरामा सहुलियत दिएको थियो । जसको कारण त्यसबेला बैंकहरुको कर्जाको ब्याजदर पनि एकल अंकमा झरेको हो ।

कोरोना महामारीको समय सरकारले दिएको सहुलियतको कारण बजारमा अत्यधिक कर्जा लगानी भएको थियो । जसका कारण बैंक तथा वित्तीय क्षेत्रमा भएको तरलता पनि कम हुँदै गयो । त्यसपछि विस्तारै कर्जाको ब्याजदर पनि बढ्दै गयो। नेपाल राष्ट्र बैंकले कोरोनाको बेला सहज गरेका नीतिहरु तरलताको अभाव हुँदै गएपछि थप कसिलो बनाउँदै लग्यो ।

राष्ट्र बैंकले सीसीडी रेसियोको ८५ प्रतिशतको व्यवस्थालाई खारेज गरेर सीडी रेसियो ९० प्रतिशत कायम गर्ने व्यवस्था, सेयर धितो कर्जामा ४-१२ करोडको नीति, घरजग्गा कारोबारलगायतका क्षेत्रमा जाने कर्जामा कडाई गरेको थियो । जसको कारण बजारमा धेरै कर्जा लगानी हुन पाएन। जुनको असर अहिले देखिदै छ ।

जब बैंक ब्याजदर घट्दै जान्छ तब शेयर बजारमा पनि सकारात्मक असर पर्छ । तर अहिले ठिक बिपरित भइरहेको छ । यो हुनुको कारण राज्यले शेयर बजारको लगानीलाई प्रोत्साहन नगर्नु हो । अहिले बजारमा पर्याप्त तरलता र घट्दाे ब्याजदर हुँदा पनि बजारले गति समाउन सकेको छैन ।

सरकारले लगानीको उचित वातावरण बनाउनै पर्छ । अहिले ठूला तथा संस्थागत लगानीकर्ताको उपस्थिति कम हुँदा राम्रा र सबल मानिएका कम्पनीहरुको शेयर मूल्य ज्यादै तल आएको छ । हाम्रो बजारमा दीर्घकालीन लगानीकर्ता भन्दा अल्पकालीन लगानीकर्ता बजारमा हाबी भएकोले धेरै समय बजार १८०० देखि २२०० काे विन्दु वरपर घुमेको छ । राम्रो मानिएका कम्पनीहरुको शेयरमा लगानीकर्ताको आकर्षक कम हुँदै गएर ५२ हप्ताको न्यून मुल्यमा कारोबार भइरहेको छ । बजारलाई विकास र दिगो बनाउन ठूला तथा संस्थागत लगानीकर्ता आउनुको विकल्प देखिदैन ।




comments powered by Disqus

टुरिस्ट लगानीकर्ता बाहिरिएपछि संस्थागत लगानीकर्ताको इन्ट्री, शेयर बजारमा व्यापक प्रेसर

Sep 17, 2024 06:31 AM

शेयर बजारबाट टुरिस्ट लगानीकर्ता बाहिरिँदै गर्दा बिस्तारै संस्थागत लगानीकर्ताको इन्ट्री हुन थालेको छ। बजार दैनिक रुपमा घट्दै गएपछि उनीहरूले बिस्तारै शेयर सङ्कलन गर्न सुरु गरेको बताइएको छ।