हिमालयन रि इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Feb 18, 2024 07:04 AM Merolagani



फागुन ६ गते आइतबार, हिमालयन रि इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ हिमालयन रि ले भोली अर्थात फागुन ७ गते बुकक्लोज गर्दैछ भने एशियन लाइफले फागुन ८ गते बुकक्लोज गर्दैछ।

फागुन ७ गते प्रजातन्त्र दिवसको सार्वजनिक बिदा हुने हुँदा आजसम्म नेप्सेमा कारोबार भइ कायम यी दुबै कम्पनीका शेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

 

हिमालयन रि (HRL) ले फागुन २० गते, आइतबार, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशतका दर नगद लाभांश वितरण गर्ने, बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ८० प्रतिशत अर्थात १० बराबर ८ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञालक समितिलाई अख्तियारी दिने, संस्थापकसमूहको तर्फबाट रिक्त रहेको पदका लागि एक जना सञ्चालक र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

त्यस्तै, एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले फागुन १८ गते, शुक्रबार, होटल क्लासिक सिमरा, बारामा १६ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ७.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४०७८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले बोनस शेयर वितरण पश्चात कायम चुक्ता पूँजीको ४२ प्रतिशत अर्थात १ बराबर ०.४२ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्ने, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, शेयर संरचना परिवर्तनपश्चात सञ्चालक समितिको संरचना परिवर्तन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, सर्वसाधारण समूहको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।




comments powered by Disqus

शेयर बजार सम्बन्धी मन्त्रिपरिषद् बैठकका दुई महत्वपूर्ण निर्णय

Dec 22, 2024 05:09 PM

पुस ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शेयर बजार सम्बन्धी दुई महत्वपूर्ण निर्णय गरेकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय आइतबार सार्बजनिक गरेका हुन् ।