अदालतको अवहेलना मुद्दामा सर्वोच्चले गगन थापासँग माग्यो लिखित जवाफ

Apr 29, 2025 05:35 PM mero lagani



सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी उनको लिखित जवाफ माग्न आदेश दिएको छ ।

न्यायाधीश सपना प्रधान मल्ल र  नित्यानन्द पाण्डेयको इजलासले जवाफ माग्ने आदेश गरेको हो ।

थापाले गत बिहीबार ५२ वटा संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा किनार नलगाएर सर्वोच्चले डिल गरिरहेको आरोप लगाएका थिए ।