सडक मर्मत तथा सुधार कार्य गर्न सडक ५ दिनसम्म दिउँसोको समयमा बन्द हुने भएको हो ।
सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ देखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा–मुग्लिङ्ग सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ ।
आयोजनाले एक सूचना जारी गर्दै जेठ २६ गतेदेखि ३० गतेसम्म बिहान साढे १० बजेदेखि ३ बजेसम्म सडक बन्द हुने जनाएको हो । यस्तै साना तथा मझौला गाडीहरुका लागि सीतापाइला–रामकोट–धार्के सडक र सामाखुसी–टोखा–छहरे–त्रिशूली (विदुर)–गल्छी सडक विकल्पको रुपमा प्रयोग गर्न सकिने सूचनामा उल्लेख छ ।