सरकारले वानेश्वरलगायत भीआइपी क्षेत्रमा कर्फ्यू आदेश जारी गरे पनि जेनजीहरुले प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् ।
प्रहरीको घेरा र कर्फ्यू हुने क्षेत्र तोडेर जेनजीहरुले प्रदर्शन गरिरहेका छन् । जेनजीहरुको आन्दोलन उग्र बन्दै जाँदा बानेश्वरस्थित संघीय संसद भवन अघि तनावपूर्ण बन्दै गएको छ । प्रदर्शनकारीले संसद भवनकाे पर्खाल समेत भत्काएका छन् । त्यस्तै उनीहरूले संसद भवन परिसर र यातायात व्यवस्था विभाग परिसरमा आगजनी समेत गरेका छन ।
प्रहरीले प्रदर्शनलाई कमजोर पार्न नसकेपछि सेना खटाएकाे छ ।