कन्सोलिडेशनको अवस्था
कम्पनीको शेयरमूल्य हाल १० दिने, २५ दिने, ५० दिने र १०० दिने मुभिङ्ग एभरेजहरु नजिकै कारोबार भइरहेको छ। यी सबै एभरेजहरु एकै ठाउँमा साँघुरो दायरामा रहनुले बजारमा ठुलो मुभमेन्ट आउनुअघिको तयारी वा कन्सोलिडेशनलाई संकेत गर्दछ।
‘पर्ख र हेर’ को अवस्थामा
कम्पनीको शेयरमूल्य हाल ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ। कम्पनीको मूल्यलाई १ हजार २८० देखि १ हजार ३३० को टेवा क्षेत्र र तल्लो सेकेन्डरी ट्रेण्डलाइनले बलियो टेवा क्षेत्र दिइरहेको छ। आगमी दिनमा कम्पनीको शेयरमूल्यले माइनर ट्रेण्डलाइनको प्रतिरोध तोडेर उक्लिएमा १ हजार ५०० देखि १ हजार ५५५ को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

एआई सिग्नल
मेरोलगानी एआईले हालसम्म कम्पनीको शेयरमा १५ पटक काई सिग्नल दिइसकेको छ। जसमध्ये १३ सिग्नलमार्फत लगानीकर्ताहरुले नाफा कमाएका थिए भने दुई सिग्नलमा स्टप लस गर्नु परेको थियो। हाल मेरोलगानी एआईले कम्पनीको शेयरमा कुनै सिग्नल दिएको छैन।

सुस्त भोल्यूम
गत साता कम्पनीको दैनिक औषत भोल्यूम, २० दिने औषत भोल्यूमभन्दा कम रहेको छ। खरिदकर्ता र बिक्रीकर्ता दुबैतर्फ ठुलो उत्साह नदेखिदा कारोबार रकम सुस्त बनेको हो।

स्पष्ट दिशाका अभाव
गत साता कम्पनीको एमएसिडी रेखा सिग्नल रेखा र शून्य र दुबै न्यूट्रल जोनमा रहेका छन्। यसले कम्पनीको शेयरमूल्य आगामी दिनमा कता जान्छ भन्ने स्पष्ट संकेत नभएको देखाउँछ। कम्पनीको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा रहेको छ।

खरिदबिक्री चाप सन्तुलनमा
साताको अन्तिम कारोबार दिन स्टकास्टिक आरएसआईमा कम्पनीको शेयरमूल्य न्यूट्रल जोनमा पुगेको छ। यसले सो साता कम्पनीको शेयरमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय अवस्था
पूर्वाधार तथा उर्जा क्षेत्रमा लगानी गर्दै आएको यस कम्पनी चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनी ४४ लाख ५५ हजार रुपैयाँ नोक्सानीमा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ५० लाख ६६ हजार रुपैयाँ नाफामा थियो।
बजारमा सूचीकृत लगानीहरुको फेयर भ्यालुमा आएको उतारचढाव र वित्तीय आम्दानीमा आएको शिथिलताका कारण कम्पनीले नोक्सानी व्यहोर्नु परेको हो। लगानी पोर्टफोलियोको मूल्याङ्कनमा देखिने अल्पकालीन परिवर्तनले त्रैमासिक नतिजामा प्रभाव पारे पनि कम्पनीले आफ्नो दीर्घकालीन पूर्वाधार र जलविद्युत आयोजनाहरुको विकासलाई भने तिव्रता दिइरहेको छ।
समीक्षा अवधिमा कम्पनीको कुल राजश्व १२ लाख ७८ हजार रुपैयाँ ऋणात्मक रहेको छ। जसमा फेयर भ्यालुमा आएको परिवर्तनले मुख्य भुमिका खेलेको छ। समीक्षा अवधिमा कम्पनीको कुल खर्च ५७ लाख ७७ हजार रुपैयाँबाट बढेर ७० लाख ९४ हजार रुपैयाँ पुगेको छ।
कम्पनीको चुक्ता पूँजी १ अर्ब ७९ करोड ८१ लाख २१ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ४३ करोड १९ लाख ४१ हजार रुपैयाँ सञ्चित छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ऋणात्मक भएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ रुपैयाँ ५८ पैसा रहेको कम्पनीको प्रतिशेयर आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ९९ पैसा ऋणात्मक भएको छ। पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ६४ पैसा रहेको छ। साताको अन्तिम कारोबार मूल्य अनुसार कम्पनीको प्राइस टु बुकभ्यालु रेशियो ७.७३ गुणा रहेको छ।

आधारभुत अवस्था
हाल नेप्सेमा कम्पनीको १ करोड ७९ लाख ८१ हजार २१२ कित्ता शेयर सूचीकृत छन्। कम्पनीको १८० दिने औषत मूल्य १ हजार ३९७ रुपैयाँ ९१ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको ५२ हप्ताको उच्च मूल्य २ हजार २९ रुपैयाँ ८० पैसा रहेको छ भने न्यून मूल्य १ हजार २८० रुपैयाँ रहेको छ। साताको अन्तिम कारोबार मूल्य अनुसार कम्पनीको कुल बजार पूँजीकरण २४ अर्ब ९७ करोड ५९ लाख ३ हजार ४६८ रुपैयाँ रहेको छ।

ब्रोकर ५८ बाट सर्वाधिक खरिदबिक्री
गत साता ब्रोकर नम्बर ५८ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले गत साता कम्पनीको ४७ हजार ४४२ कित्ता शेयर खरिद गरेको हो। त्यसैगरी, सो साता सोही ब्रोकरले कम्पनीको सबैभन्दा बढी शेयर बिक्री गरेको छ। सो ब्रोकरले गत साता कम्पनीको ३२ हजार २६५ कित्ता शेयर बिक्री गरेको छ।

मूल्य घट्ने डर
फियर एण्ड ग्रीड मिटरमा कम्पनीको शेयरमूल्य अहिले फियर जोनमा रहेको छ। यसले लगानीकर्ताहरुमा कम्पनीको शेयरमूल्य घट्छ भन्ने डर रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)