गत साता करिब ३ प्रतिशत बढेको नेप्से, यस साता के होला?

Mar 10, 2024 06:45 AM Merolagani



गत साता नेप्से परिसूचक करिब ३ प्रतिशत बढेर बन्द भएको छ। अघिल्लो साता १९७२.०९ विन्दुमा बन्द भएको नेप्से, गत साता २.९६ प्रतिशत अर्थात ५८.४६ अंक बढेर २०३०.५५ विन्दुमा बन्द भएको हो।

गत साताको बजार राजनीतिक गतिविधिले प्रभावित बनेको थियो। पुरानो गठबन्धन तोडिएर नयाँ गठबन्धन बनेसँगै नयाँ अर्थमन्त्रीको चर्चाले गत साता बजारमा उतारचढाव भएको थियो। गत साताको सोमबार नेप्से परिसूचक ६ प्रतिशत बढेर बन्द भएको थियो।

‘पर्ख र हेर’ को अवस्था

गत साता नेप्से परिसूचक ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ। यस साता नेप्सेको टेवा क्षेत्र १९१५ देखि १९५० सम्म रहेको छ भने प्रतिरोध क्षेत्र २११५ देखि २१५० सम्म रहेको छ।

खरिदकर्ता हाबी

गत साता साप्ताहिक रुपमा नेप्सेले बुलिश मैनबत्ती बनाएको छ। त्यसैगरी साताको अन्तिम कारोबार दिन पनि नेप्सेले हरियो मैनबत्ती बनाएको छ। यसले सो साता र सो दिन नेप्सेमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

गत साता नेप्से परिसूचक बढेपनि भोल्यूम भने कमजोर रहेको छ। गत साता नेप्सेमा दैनिक २ अर्ब ६४ करोडको शेयर खरिदबिक्री भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ३ अर्ब १९ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम १७.२४ प्रतिशत कम हो।

बुलिश क्रशओभर

गत साता नेप्सेले बुलिश क्रशओभर बनाएको छ। एमएसिडी रेखाले सिग्नल रेखालाई तलबाट काटेर माथि लागेसँगै यस्तो क्रशओभर बनेको हो। त्यसैगरी, हिस्टोग्राम पनि नकारात्मक क्षेत्रबाट सकारात्मक क्षेत्रमा अघि बढेको छ। यसले आगामी दिनमा नेप्से परिसूचक बढ्ने संकेत गर्दछ।

बिक्रीचाप बढी

साताको अन्तिम कारोबार दिन स्टकास्टिक आरएसआईमा नेप्से ओभरसोल्ड जोनमा रहेको छ। यसले सो दिन बजारमा खरिदचापको तुलनामा बिक्रीचाप बढी रहेको संकेत गर्दछ। यद्यपि, यो विस्तारै न्यूट्रल जोनतर्फ अघि बढीरहेको छ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।