गत साता करिब साढे २ प्रतिशत बढेको नेप्से, यस साता के होला?

Mar 17, 2024 05:51 AM Merolagani



गत साता नेप्से परिसूचक करिब साढे २ प्रतिशत बढेर बन्द भएको थियो। अघिल्लो साता २०३०.५५ विन्दुमा बन्द भएको नेप्से, गत साता २.४८ प्रतिशत अर्थात ५०.३२ अंक बढेर २०८०.८७ विन्दुमा पुगेको हो।

अघिल्लो साता नयाँ अर्थमन्त्री नियुक्तिसँगै बढ्न थालेको बजारले गत साताको पहिलो दुई कारोबार दिन पनि निरन्तरता दिएको थियो। यद्यपि, बजार बढेको मौकामा अल्पकालिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा सो साताको अन्तिम दुई कारोबार दिन भने नेप्सेमा करेक्सन भएको थियो।

 

प्रतिरोध सामना गरी फर्कियो

नेप्से परिसूचक गत साता प्रतिरोधको सामना गरी फर्किएको छ। गत साताको बुधबार नेप्से, हालको प्रतिरोध क्षेत्रमा पुगेको थियो। हाल नेप्सेको प्रतिरोध क्षेत्र २११५ देखि २१५० सम्म रहेको छ। त्यसैगरी, आगामी दिनमा नेप्से ओरालो लागेमा १९१५ देखि १९५० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

खरिदकर्ता बलियो

गत साता साप्ताहिक रुपमा नेप्सेले गत साता हरियो मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ। यद्यपि, साताका अन्तिम दुई कारोबार दिन भने नेप्सेले रातो मैनबत्ती बनाएको छ। जसले सो कारोबार दिनहरुमा बजारमा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

बलियो भोल्यूम

गत साता नेप्सेको वृद्धिलाई भोल्यूमले पनि साथ दिएको छ। गत साता नेप्सेमा दैनिक औषतमा ३ अर्ब ९२ करोडको शेयर खरिदबिक्री भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ३ अर्ब ४ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम २८.९४ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ। त्यसैगरी, नेप्सेको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा रहेको छ। यसले गत साता नेप्से बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन भने हिस्टोग्रामको उचाई सामान्य घटेको छ।

खरिदबिक्री चाप सन्तुलनमा

स्टकास्टिक आरएसआईमा गत साता नेप्से परिसूचक न्यूट्रल जोनमा रहेको छ। यसले सो साता बजारमा शेयर खरिदबिक्री चाप सन्तुलनामा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।