गत साता १ प्रतिशत बढेर बन्द भएको नेप्से, यस साता के होला?

Apr 14, 2024 06:47 AM Merolagani



गत साता नेप्से परिसूचक १ प्रतिशत बढेर बन्द भएको थियो। अघिल्लो साता २००४.०५ विन्दुमा बन्द भएको नेप्से, गत साता १.०६ प्रतिशत अर्थात २१.२५ अंक बढेर २०२५.३० विन्दुमा पुगेको छ।

गत साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने दुई कारोबार दिन घटेको थियो। गत साताको पहिलो र अन्तिम कारोबार दिन नेप्से घटेको थियो।

 

‘पर्ख र हेर’ को अवस्था

नेप्से परिसूचक हाल ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ। हाल नेप्सेको प्रतिरोध क्षेत्र २२१५ देखि २१५० सम्म रहेको छ भने टेवा क्षेत्र १९१५ देखि १९५० सम्म रहेको छ।

खरिदकर्ता हाबी

गत साता साप्ताहिक रुपमा नेप्सेले हरियो मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन भने नेप्सेले बियरिश मैनबत्ती बनाएको छ। यसले सो दिन बजारमा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

बलियो भोल्यूम

गत साता नेप्सेको भोल्यूम पनि बलियो रहेको छ। सो साता नेप्सेमा दैनिक औषतमा ३ अर्ब ७३ करोडको शेयर खरिदबिक्री भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ३ अर्ब ४८ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ७.१८ प्रतिशत बढी हो

बुलिश क्रशओभरको सम्भावना

साताको अन्तिम कारोबार दिन एमएसिडीमा नेप्सेले बुलिश क्रशओभर बन्ने सम्भावना देखिएको छ। नेप्सेको एमएसिडी रेखा र सिग्नल रेखा बीचको दूरी घटेको छ। यस साता एमएसिडी रेखाले सिग्नल रेखालाई तलबाट काटेर माथि लागेमा बुलिश क्रशओभर बन्नेछ। जसले बजार बढ्ने संकेत गर्नेछ। त्यसैगरी, नकारात्मक क्षेत्रमा रहेको हिस्टोग्रामको उचाई पनि घट्दै गएको छ।

खरिदबिक्री चाप सन्तुलनमा

यस साता स्टकास्टिक आरएसआईमा नेप्से न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा नेप्सेमा शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।