प्रतिरोध परीक्षणमा अरुण भ्याली हाइड्रोपावर, हेरौँ कम्पनी विश्लेषण

May 25, 2024 07:34 PM Merolagani

यस साता जलविद्युत उपसमूहको परिसूचक ३.९५ प्रतिशत बढेको छ। गत साता २४१५.२७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता ९५.३८ अंक बढेर २५१०.६५ विन्दुमा पुगेको छ।

सोही उपसमूहको एक कम्पनी हो अरुण भ्यालु हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (AHPC)।

यस साता सो कम्पनीको शेयरमूल्य १ रुपैयाँ ८० पैसा बढेको छ। गत साता १६२ रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता १६३ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ।

प्रतिरोध परीक्षणमा

यस साता कम्पनीको शेयरमूल्यले प्रतिरोध परीक्षण गरेको देखिन्छ। यद्यपि, सो साता नेप्सेले प्रतिरोध क्षेत्र तोड्न असफल रह्यो। हाल कम्पनीको प्रतिरोध क्षेत्र १६५ देखि १७० सम्म रहेको छ। आगामी दिनमा कम्पनीको शेयरमूल्यले सो प्रतिरोध क्षेत्र तोडेर उकालो लागेमा १८० देखि १८५ को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। तर, सो क्षेत्रमा प्रतिरोधको सामना गरी ओरालो लागेमा १५० देखि १५५ को क्षेत्रमा टेवा पाउने देखिन्छ।

रिभर्सलको संकेत

साप्ताहिक रुपमा यस साता कम्पनीको शेयरमूल्यले ह्यामर मैनबत्ती बनाएको छ। यो एक रिभर्सलको संकेत हो। यसले आगामी दिनमा कम्पनीको शेयरमूल्य बढ्न सक्ने संकेत गर्दछ।

एआई सिग्नल

मेरोलगानी एआई चार्टले हालसम्म कम्पनीको शेयरमा ४ वटा सिग्नल दिइसकेको छ। जसमध्ये ४ वटै सिग्नलबाट नाफा कमाएका थिए। सो सिग्नलहरुमा लगानीकर्ताहरुले कुल ५०.७९ प्रतिशत नाफा कमाइसकेका छन्। हाल एआई चार्टले कम्पनीको शेयरमा कुनै सिग्नल दिएको छैन।

बलियो भोल्यूम

यस साता कम्पनीको भोल्यूम पनि बलियो रहेको छ। यस साता दैनिक औषतमा कम्पनीको २ लाख ५५ हजार २९ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम ७५ हजार ३२१ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा नेप्सेको दैनिक औषत भोल्यूम २३८.५९ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

यस साता कम्पनीको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको छ। कम्पनीको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ। यद्यपि, यी दुबै रेखाहरु शून्य रेखाभन्दा तल रहेका छन्। यस साता कम्पनीको हिस्टोग्राम भने सकारात्मक क्षेत्रमा बढ्दो क्रममा रहेका छ।

खरिदबिक्री चाप सन्तुलनमा

साताको अन्तिम कारोबार दिन कम्पनीको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा कम्पनीको शेयरमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ५७ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ करोड ८६ लाख ७३ हजार रुपैयाँ घटेको हो। गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ६ करोड ४४ लाख ६९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

चैतसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ६ करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ करोड ३४ लाख रुपैयाँले घटेको हो। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले २२ करोड ३५ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको थियो।
विद्युत बिक्री घटेसँगै कम्पनीको खुद नाफामा ह्रास आएको देखिन्छ।

यस अवधिमा कम्पनीको कुल खर्च २१ करोड ८३ लाख रुपैयाँ रहेको छ। जसमा प्रशासनिक खर्च २९ लाख रुपैयाँ, वित्तीय खर्च १४ करोड ८५ लाख र ह्रासकट्टी खर्च ६ करोड ४९ लाख रुपैयाँ रहेको छ।
तेस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको चुक्ता पूँजी १ अर्ब ८६ करोड ७९ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटीमा ६ करोड ५२ लाख रुपैयाँ रहेको छ।

कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार तेस्रो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ४१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ४९ पैसा रहेको छ। यस साताको अन्तिम कारोबार मूल्य आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात ३९९.५१ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो १.५८ गुणा रहेको छ।

आधारभूत विश्लेषण

हाल नेप्सेमा कम्पनीको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता शेयर सूचीकृत छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको कुल बजार पूँजीकरण ३ अर्ब ५ करोड ९७ लाख २२ हजार ७३८ रुपैयाँ ८० पैसा रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य २०१ रुपैयाँ ८३ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको ५२ हप्ताको उच्च मूल्य ३१६ रुपैयाँ रहेको छ भने न्यून मूल्य १५० रुपैयाँ रहेको छ।

ब्रोकर ७ बाट सर्वाधिक खरिद

यस साता ब्रोकर नम्बर ७ ले कम्पनीको सबैभन्दा शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता कम्पनीको ७६ हजार १६९ कित्ता शेयर खरिद गरेको हो। त्यस्तै, यस साता ब्रोकर नम्बर २६ ले करिब ६३ हजार कित्ता र ५३ ले कम्पनीको ५१ हजारभन्दा बढी शेयर खरिद गरेको छ। यता ब्रोकर नम्बर ५८ ले कम्पनीको सबैभन्दा बढी शेयर बिक्री गरेको छ। सो ब्रोकरले यस साता कम्पनीको ९८ हजार ९८० कित्ता शेयर बिक्री गरेको हो।

मूल्य घट्ने डर कम हुँदै

यस साता फियर एण्ड ग्रीड मिटरमा कम्पनीको शेयर फियर जोनबाट विस्तारै न्यूट्रल जोनतर्फ अघि बढीरहेको छ। यसले लगानीकर्ताहरुमाझ कम्पनीको शेयरमूल्य घट्छ भन्ने डर कम हुन थालेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

रिलायन्स स्पिनिङ्ग मिल्सले असार २७ गतेदेखि आईपीओ निष्काशन गर्ने, प्रतिकित्ता मूल्य कति?

Jul 03, 2024 06:00 AM

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले असार २७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।