करिब ५ महिनापछि ६ अर्बभन्दा बढीको कारोबार

Jun 13, 2024 03:09 PM Merolagani



साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्जमा ६ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ। नेप्सेमा करिब ५ महिनापछि ६ अर्बभन्दा बढीको शेयर कारोबार भएको हो।

यस अघि गत माघ ८ गतेका दिन नेप्सेको कारोबार रकम ६ अर्ब नाघेको थियो। सो दिन नेप्सेमा ६ अर्ब ३६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो। यस दिन भने नेप्सेमा ३१३ स्टकको ७७ हजार ४०० पटकको कारोबारमा ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँबराबरको १ करोड ४२ लाख ९४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बिहीबार नेप्से परिसूचकमा भने सामान्य करेक्सन देखिएको छ। पछिल्ला तीन कारोबार दिनदेखि बढीरहेको बजारमा यस दिन सामान्य करेक्सन देखिएको हो। यस दिन नेप्से परिसूचक ९.३२ अंक घटेर २११२.२९ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.७२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.११ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन समृद्धि फाइनान्स र कुथेली बुखरी स्मल हाइड्रोपावर र साधना लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंक र बाराही हाइड्रोपावर पब्लिकको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन मिड सोलु हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबरा भएको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन २८ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे २० करोडको शेयर किनबेच भएको छ। यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको समृद्धि फाइनान्सको भने साढे १७ करोडको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.०३ प्रतिशत बढेको हो भने विकास बैंक उपसमूहको १.३१ प्रतिशत बढेको छ। यस दिन उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.०३ प्रतिशत घटेको छ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।