विमान दुर्घटनाका कारण ठप्प भएकाे विमानस्थल पुनः सञ्चालन

Jul 24, 2024 01:44 PM Merolagani



सौर्य एयरलाइन्सको विमान दुर्घटनाका कारण ठप्प भएकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फेरि सञ्चालनमा आएको छ । आज बिहान ११ बजेर ११ मिनेटमा धावनमार्गमा उड्दा उक्त विमान बुद्ध एअरको ह्यांगर पछाडि दुर्घटना भएकाे थियो ।

जसकारण उडान केहि समयका लागि प्रभावित बनेकाे थियाे । साेहि क्रममा भुटान एयरलाइन्सकाे विमान केही समय आकाशमा नै होल्ड गरिएकाे थियाे । तर अहिले उद्धार कार्य सकिएसँगै विमानस्थल खुल्नासाथ उक्त विमान अवतरण भएको छ । 

बुधबार बिहान भएकाे सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेर १८ जनाले ज्यान गुमाएका छन् ।विमानमा सवार १९ जनामध्ये एक जना मात्र जिवित रहेका छन् ।

 




comments powered by Disqus

बजार घटेपछि सांसद देखि लगानीकर्ताले भेटे अर्थमन्त्री, ७ सुझाव दिँदै भने-अवैज्ञानिक पूँजीकरण गणनाले बजार घटायाे

Sep 01, 2024 05:14 PM

अवैज्ञानिक पूँजीकरण गणनाले बजारमा गलत सन्देश प्रवाह गरेको भन्दै अर्थमन्त्रीको ध्यानकषर्ण गराइएको छ । आईतबार प्रतिनिधि सभाका सांसद हरि ढकाललगायत ब्रोकर, मर्चेन्ट क्यापिटल र लगानीकर्ताको प्रतिनिधिले अर्थमन्त्रीलाई ७ बुँदे सुझाव बुझाउँदै ध्यान आकर्षण गराएका हुन ।