शेयर बजारलाई मौद्रिक नीतिकै भर

Jul 24, 2024 06:08 PM Merolagani



पछिल्लो समयमा शेयर बजार निरन्तर रुपमा वृद्धि भएपनि बुधबार भने बजारमा करेक्सन भएकाे छ। लगातार ६ कारोबार दिन बढेपछि बजारमा करेक्सन आएको हो ।

चालु आर्थिक वर्षको ६ करोवार दिनमा ३२२ अंक नेप्से बढेको छ । आजको करिव २७ अंककाे करेक्सनलाई शेयर बजार प्रवेश गर्ने र नाफा सुरक्षित गर्ने दुवैलाई मौका दिएको लगानीकर्ताको बुझाई छ ।

बजार करेक्सन हुँदा पनि नाफा हुनेले नाफा सुरक्षित गरेका छन् । बजारको करेक्सनले बजारलाई अझै मझबुत बनाएको लगानीकर्ताकाे भनाइ छ ।

नेपाल राष्ट्र बैंकले यही साउन १५ गते भित्र मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेकाे छ । मौद्रिक नीति सार्वजनिक गर्ने मिति नजिकिदै छ । यस्ताे अवस्थामा बजारले कुन गति समाउने भन्ने कुरा मौद्रिक नीतिकै भर लगानीकर्ता परेका छन् ।

 




comments powered by Disqus

बजार घटेपछि सांसद देखि लगानीकर्ताले भेटे अर्थमन्त्री, ७ सुझाव दिँदै भने-अवैज्ञानिक पूँजीकरण गणनाले बजार घटायाे

Sep 01, 2024 05:14 PM

अवैज्ञानिक पूँजीकरण गणनाले बजारमा गलत सन्देश प्रवाह गरेको भन्दै अर्थमन्त्रीको ध्यानकषर्ण गराइएको छ । आईतबार प्रतिनिधि सभाका सांसद हरि ढकाललगायत ब्रोकर, मर्चेन्ट क्यापिटल र लगानीकर्ताको प्रतिनिधिले अर्थमन्त्रीलाई ७ बुँदे सुझाव बुझाउँदै ध्यान आकर्षण गराएका हुन ।