कक्षा १२ को नतिजा आउँदाे साता सार्वजनिक हुने

Jul 26, 2024 02:18 PM Merolagani



कक्षा १२ को नतिजा आउँदाे साता सार्वजनिक हुने भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले आउँदाे साता नतिजा प्रकाशन गर्ने तयारी गरिरहेकाे जानकारी दिएकाे छ ।

राष्ट्रिय परीक्षा बोर्डले हाल म्याचिङ र प्रोसेसिङ गरिरहेकाे छ । बाेर्डले साउन तेस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरिरहेकाे हाे। 

गत वैशाखमा संचालित कक्षा १२ को परीक्षामा चार लाख ९६ हजार जना विद्यार्थीहरू सहभागी भएका थिए । नेपालमा एक हजार ५२५ र जापानमा एक परीक्षा केन्द्रमार्फत् परीक्षा सञ्चालन भएको थियो। परिक्षामा नियमिततर्फ तीन लाख ९० हजार र ग्रेडवृद्धितर्फ एक लाख ६ हजार परीक्षार्थी रहेका थिए।




comments powered by Disqus

बजार घटेपछि सांसद देखि लगानीकर्ताले भेटे अर्थमन्त्री, ७ सुझाव दिँदै भने-अवैज्ञानिक पूँजीकरण गणनाले बजार घटायाे

Sep 01, 2024 05:14 PM

अवैज्ञानिक पूँजीकरण गणनाले बजारमा गलत सन्देश प्रवाह गरेको भन्दै अर्थमन्त्रीको ध्यानकषर्ण गराइएको छ । आईतबार प्रतिनिधि सभाका सांसद हरि ढकाललगायत ब्रोकर, मर्चेन्ट क्यापिटल र लगानीकर्ताको प्रतिनिधिले अर्थमन्त्रीलाई ७ बुँदे सुझाव बुझाउँदै ध्यान आकर्षण गराएका हुन ।