सातामा सामान्य बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Aug 10, 2024 05:37 AM Merolagani



यस साता नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। गत साता २७५५.६२ विन्दुमा बन्द भएको नेप्से, यस साता १०.७६ अंक अर्थात ०.३९ प्रतिशत बढेर २७६६.३८ विन्दुमा पुगेको छ।

यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने दुई कारोबार दिन घटेको थियो। यस साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १४५ अंक घटेको थियो भने बुधबार १०८ अंक बढेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ९.०७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.७१ अंक घटेको छ।

नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा १९ अर्ब २६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा २० अर्ब ९० करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ८.५१ प्रतिशत बढी हो। यस साता नेप्सेले कारोबार रकममा नयाँ रेकर्ड बनाएको छ। यस साताको दोस्रो कारोबार दिन नेप्सेमा साढे २३ अर्बभन्दा बढीको शेयर किनबेच भएको थियो। जुन हालसम्मकै उच्च हो।

यस साता दैनिक औषत शेयर संख्या ४.३३ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ९.८२ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि सामान्य बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ७२ अर्ब रुपैयाँ रहेको कुल बजार पूँजीकरण, यस साता १८ अर्ब बढेर ४३ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ।

१३ उपसमूहमध्ये यस साता ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ११.९४ प्रतिशत बढेको छ। गत साता २०७४.०७ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता २४७.६३ अंक बढेर २३२१.७० विन्दुमा पुगेको छ। अंकका आधारमा भने यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३०८.०७ अंक बढेको छ।

कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस साता सर्वाधिक ६.२३ प्रतिशत अर्थात २२२.४५ अंक घटेको छ।

यस साता कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ४६.२९ प्रतिशत बढेको छ। त्यस्तै, यस साता सगरमाथा जलविद्युत कम्पनी र माथिल्लो मैलुङ्ग खोला जलविद्युतको शेयरमूल्य २५ प्रतिशतभन्दा बढी बढेको छ भने हिमालयन रि इन्स्योरेन्सको शेयरमूल्य साढे २४ प्रतिशत बढेको छ। यस साता हिमालयन लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १७ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता मेगा म्युचुअल फण्ड १, मानुषि लघुवित्त, एनआईबिएल समृद्धि फण्ड २ लगायतका स्टकहरु मोस्ट पपुलर बाई स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने एचआईडिसिएलको संस्थापक शेयर, आरबिबि म्युचुअल फण्ड २, इमर्जिङ्ग नेपाल लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




comments powered by Disqus

२० प्रतिशतभन्दा धेरैले बजार मूल्य झरेका कम्पनीहरु चिन्नुहोस, अबको ‘बाइ लिष्ट’ मा यस्तै कम्पनी राख्ने कि ? सूचीसहित

Sep 10, 2024 06:37 PM

साउनको अन्तिम कारोबार दिन साउन ३१ गते अर्थात अगष्ट १५ मा पछिल्लो स्वीङ हाई ३ हजार बनाएको नेप्से परिसूचक पछिल्लो समय लगातार घट्दो ट्रेन्डमा छ ।