सातामा साढे ८ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो, कति घट्यो?

Aug 17, 2024 06:01 AM Merolagani



साउन महिनाको अन्तिम साता नेप्से परिसूचक साढे ८ प्रतिशत बढेर बन्द भएको छ। गत साता २७६६.३८ विन्दुमा बन्द भएको नेप्से, यस साता ८.४७ प्रतिशत अर्थात २३४.४३ अंक बढेर ३०००.८१ विन्दुमा पुगेको छ।

यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन घटेको थियो। यस साताको मंगलबार नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स १०.७२ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ९.८६ प्रतिशत र सेन्सेटिभ फ्लाेट इण्डेक्स ११.४८ प्रतिशत बढेको छ।

नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि बढेको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २२.४१ प्रतिशत बढेको छ। गत साता दैनिक औषतमा २० अर्ब ९० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा २५ अर्ब ५९ करोडको शेयर कारोबार भएको छ। यस साता नेप्सेको भोल्यूमले अलटाइम हाइ रेकर्ड पनि बनाएको छ। साताको अन्तिम कारोबार दिन बजारमा २९ अर्ब ९५ करोडको शेयर कारोबार भएको थियो। जुन हालसम्मकै उच्च कारोबार रकम हो।

त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या २३.८५ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १६.३१ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरणले पनि नयाँ रेकर्ड बनाएको छ। यस साता नेप्सेको कुल बजार पूँजीकरण ३ खर्ब ७४ अर्ब रुपैयाँ बढेर ४७ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ। जुन हालसम्मकै उच्च पूँजीकरण हो।

१३ उपसमूहमध्ये यस साता १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। गत साता वित्त उपसमूहको परिसूचक सर्वाधिक १५.०१ प्रतिशत बढेको छ। गत साता ३३४६.३९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ५०२.३२ अंक बढेर ३८४८.७१ विन्दुमा पुगेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १३७६.२९ अंक बढेको छ।

यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.९७ प्रतिशत घटेको छ। गत साता ८१८५.९५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १६१.३८ अंक घटेर ८०२४.५७ विन्दुमा झरेको छ।

यस साता नेप्सेमा १ करोड ३२ लाख ९२ हजार १५६.८२ कित्ता शेयर सूचीकृत भएको छ। यस साता आइएमई लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो भने मातृभूमि लघुवित्त र सम्पदा लघुवित्तको मर्जरपश्चात शेयर सूचीकृत भएको हो।

यस साता हाइड्रोइलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको संस्थापक शेयरको मूल्य सर्वाधिक ५९.६४ प्रतिशत बढेको छ। त्यस्तै, यस साता हिमाल दोलखा हाइड्रोपावरको शेयरमूल्य ४३.४५ प्रतिशत बढेको छ भने नेशनल हाइड्रोपावरको शेयरमूल्य ३८.१२ प्रतिशत बढेको छ। कारोबारमा आएको कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा बढी २०.१८ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता प्राइम बैंकको ऋणपत्र, कुमारी बैंकको ऋणपत्र, बिओके डिबेन्चर, महुली लुवित्त लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने मैलुङ्ग खोला जलविद्युत कम्पनी, सिटिजन्स सुपर ३०, आरबिबि म्युचुअल फण्ड २ लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




comments powered by Disqus

२० प्रतिशतभन्दा धेरैले बजार मूल्य झरेका कम्पनीहरु चिन्नुहोस, अबको ‘बाइ लिष्ट’ मा यस्तै कम्पनी राख्ने कि ? सूचीसहित

Sep 10, 2024 06:37 PM

साउनको अन्तिम कारोबार दिन साउन ३१ गते अर्थात अगष्ट १५ मा पछिल्लो स्वीङ हाई ३ हजार बनाएको नेप्से परिसूचक पछिल्लो समय लगातार घट्दो ट्रेन्डमा छ ।