प्रतिरोध क्षेत्र नजिक नेपाल इन्फ्रास्ट्रक्चर बैंक, हेरौँ कम्पनी विश्लेषण

Aug 10, 2024 05:23 PM Merolagani



यस साता लगानी उपसमूहको परिसूचक २.०५ प्रतिशत बढेको छ। गत साता १०९.८७ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता २.२५ अंक बढेर ११२.१२ विन्दुमा पुगेको छ। सोही उपसमूहको एक कम्पनी हो, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ।

बैंकको शेयरमूल्य यस साता २७ रुपैयाँ बढेको छ। गत साता २८० रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको यस बैंकको शेयर, यस साता ३०७ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ।

प्रतिरोध क्षेत्र नजिक

यस साताको अन्तिम कारोबार दिन बैंकको शेयरमूल्य बढेर प्रतिरोध क्षेत्र नजिक पुगेको छ। हाल बैंकको प्रतिरोध क्षेत्र ३१५ देखि ३३० सम्म रहेको छ। आगामी दिनमा बैंकको शेयरमूल्यले सो क्षेत्रमा प्रतिरोधको सामना गरि फर्किएमा २५० देखि २६० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

खरिदकर्ता हाबी

यस साता साप्ताहिक रुपमा बैंकको शेयरमूल्यले लामो पुच्छर भएको हरियो मैनबत्ती बनाएको छ। यसले साताको सुरुवातमा बैंकको शेयरमा बिक्रीकर्ता हाबी भएपनि अन्त्यतिर भने खरिदकर्ता हाबी भएको संकेत गर्दछ। त्यस्तै, साताको अन्तिम कारोबार दिन पनि बैंकको शेयरमूल्यले बुलिश मैनबत्ती बनाएको छ जसले सो दिन पनि बजारमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ।

एआई सिग्नल

मेरोलगानी एआई चार्टले बैंकको शेयरमा हालसम्म ७ वटा सिग्नल दिइसकेको छ। जसमध्ये ७ वटै सिग्नलमा लगानीकर्ताहरुले नाफा कमाएका थिए। हाल एआईले बैंकको शेयरमा कुनै सिग्नल देखाएको छैन।

बलियो भोल्यूम

यस साता शेयरमूल्यसँगै भोल्यूम पनि बढेको छ। यस साता बैंकको दैनिक औषतमा १४ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन बैंकको २० दिने औषत भोल्यूम ७ लाख ५५ हजार रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा यस साताको दैनिक औषत भोल्यूम ९४.४३ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

यस साता बैंकको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ। त्यस्तै, यी दुबै रेखा शून्य रेखाभन्दा माथि रहेको छ। यसका साथै बैंकको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा बढ्दो क्रममा रहेको छ। यसले बजारमा बैंकको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

खरिद चाप बढी

यस साता बैंकको स्टकास्टिक आरएसआई ओभरबट जोनमा रहेको छ। यसले सो साता बैंकको शेयर बिक्री चापको तुलनामा खरिद चाप बढी रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब ३३ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.९८ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो नाफा १ अर्ब ४१ करोड ५२ लाख रुपैयाँ थियो।

खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी घटेसँगै बैंकको खुद नाफा पनि घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.४७ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ५४.२६ प्रतिशत घटेको छ। त्यस्तै, बैंकको खुद सञ्चालन आम्दानी ६.८६ प्रतिशत र सञ्चालन मुनाफा ५.८७ प्रतिशत घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७० करोड ७२ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३ रुपैयाँ २७ पैसा रहेको छ।

२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ९५ करोड ८८ लाख रुपैयाँ सञ्चित छ। पछिल्लो १ वर्षमा बैंकको निक्षेप ६.९३ प्रतिशत घटेको छ भने कर्जा ४ प्रतिशतले बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३९ पैसा घटेर ६ रुपैयाँ १६ पैसामा झरेको छ। त्यसैगरी, सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ ११७ रुपैयाँ ५४ पैसा रहेको छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा बैंकको मूल्य आम्दानी अनुपात ४९.९२ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो २.६२ गुणा रहेको छ।

आधारभूत विश्लेषण

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाल बैंकको २१ करोड ६० लाख कित्ता शेयर सूचीकृत छ। बैंकको १८० दिने औषत मूल्य २१० रुपैयाँ २७ पैसा रहेको छ। त्यसैगरी, बैंकको ५२ हप्ताको उच्च मूल्य ३११ रुपैयाँ ३० पैसा रहेको छ भने न्यून मूल्य १८० रुपैयाँ २० पैसा रहेको छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा बैंकको कुल बजार पूँजीकरण ६६ अर्ब ४२ करोड रुपैयाँ रहेको छ।

ब्रोकर ६५ बाट सर्वाधिक खरिद

यस साता ब्रोकर नम्बर ६५ ले बैंकको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता बैंकको ६ लाख १० हजार २६३ कित्ता शेयर खरिद गरेको छ। त्यसैगरी, यस साता ब्रोकर नम्बर ५८ ले बैंकको ४ लाख ६४ हजार ७४८ कित्ता शेयर खरिद गरेको छ। बैंकको शेयर सर्वाधिक बिक्री गर्ने ब्रोकर भने ५५ नम्बर रहेको छ। सो बैंकले यस साता बैंकको १२ लाख २४ हजार २३१ कित्ता शेयर बिक्री गरेको छ।

एक्सट्रीम ग्रीड जोन

फियर एण्ड ग्रीड मिटरमा बैंकको शेयर अहिले एक्सट्रिम ग्रीड जोनमा रहेको छ। यसले बजारमा लगानीकर्ताहरु बैंकको शेयरमूल्य अझै बढ्छ भन्ने अपेक्षामा रहेको संकेत गर्दछ। यद्यपि, बैंकको शेयरमूल्य अहिले सो जोनको पुछार नजिक पुगिसकेकोले कुनै बेला पनि बैंकको शेयरमूल्य घट्न सक्ने सम्भावना पनि देखाउँछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




comments powered by Disqus

२० प्रतिशतभन्दा धेरैले बजार मूल्य झरेका कम्पनीहरु चिन्नुहोस, अबको ‘बाइ लिष्ट’ मा यस्तै कम्पनी राख्ने कि ? सूचीसहित

Sep 10, 2024 06:37 PM

साउनको अन्तिम कारोबार दिन साउन ३१ गते अर्थात अगष्ट १५ मा पछिल्लो स्वीङ हाई ३ हजार बनाएको नेप्से परिसूचक पछिल्लो समय लगातार घट्दो ट्रेन्डमा छ ।