गत साता सामान्य अंक बढेको नेप्से, यस साता के होला?

Aug 11, 2024 05:50 AM Merolagani



गत साता नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो साता २७५५.६२ विन्दुमा बन्द भएको नेप्से, गत साता १०.७६ अंक अर्थात ०.३९ प्रतिशत बढेर २७६६.३८ विन्दुमा पुगेको छ।

गत साता ४ कारोबार दिनका लागि खुलेको बजारमा दुई कारोबार दिन नेप्से बढेको थियो भने दुई कारोबार दिन घटेको थियो। गत साताको दोस्रो कारोबार दिन नेप्से १४५ अंक घटेको थियो बुधबार १०८ अंक बढेको थियो।

 

‘पर्ख र हेर’ को अवस्था

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ‘पर्ख र हेर’ को अवस्थामा पुगेको छ। आगामी दिनमा नेप्से उकालो लागेमा २९३० देखि २९९० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ भने ओरालो लागेमा २६६० देखि २७२० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

बिक्रीकर्ता हाबी

गत साता साप्ताहिक रुपमा र साताको अन्तिम कारोबार दिन नेप्सेले रातो मैनबत्ती बनाएको छ। यसले सो साता र सो दिन बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

बलियो भोल्यूम

नेप्से सामान्य अंक बढेपनि गत साता भोल्यूम भने बलियो देखिन्छ। गत साता नेप्सेमा दैनिक औषतमा २० अर्ब ९० करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम १५ अर्ब ६८ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ३३.२९ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ। त्यस्तै यी दुबै रेखा शून्य रेखाभन्दा माथि रहेको छ। यसले गत साता नेप्से बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ। यद्यपि, यी दुई रेखाबीचको दूरी घट्दो क्रममा रहेको छ। आगामी दिनमा एमएसिडी रेखाले सिग्नल रेखालाई माथिबाट काटेर तल लागेमा बियरिश क्रशओभर बन्नेछ जसले बजार घट्ने संकेत गर्दछ। साताको अन्त्यतिर नेप्सेको हिस्टोग्राम पनि घट्दो क्रममा रहेको छ।

खरिदचाप बढी

गत साता नेप्सेको स्टकास्टिक आरएसआई ओभरबट जोनमा रहेको छ। यसले सो साता बजारमा बिक्रीचापको तुलनामा खरिदचाप बढी रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

 




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।