छिमेक लघुवित्तको नाफा घट्यो, वितरणयोग्य मुनाफा भने बढ्यो

Aug 14, 2024 06:29 AM Merolagani



छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड (CBBL) ले गत आर्थिक वर्षको चौथो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १ अर्ब ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.७४ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष लघुवित्तले १ अर्ब ६ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्य घटेको र खराब कर्जा बढेका कारण खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १.१४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १७.८६ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको खुद सञ्चालन आम्दानी ०.३३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ९.०९ प्रतिशत घटेको छ। समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा १.७१ प्रतिशतबाट बढेर ३ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तको इम्पेरमेन्ट चार्ज ३४ करोडबाट ४१ करोड पुगेको छ। जसका कारण खुद नाफा र सञ्चालन मुनाफा घट्न पुगेको हो।

नाफा घटेपनि लघुवित्तको वितरणयोग्य मुनाफा भने बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो मुनाफा १८.३३ प्रतिशत बढेर १ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, लघुवित्तको वितरणयोग्य प्रतिशेयर आम्दानी ६ रुपोयँ ४९ पैसा बढेर ५७ रुपैयाँ ६४ पैसा पुगेको छ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ। सो अवधिमा लघुवित्तको यस्तो आम्दानी ३ रुपैयाँ ८३ पैसा घटेर ३३ रुपैयाँ ६२ पैसामा झरेको छ। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २६.७७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४९ रुपैयाँ १५ पैसा रहेको छ।

२ अर्ब ९७ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४ अर्ब ४४ करोड रुपैयाँ सञ्चित छ। चौथो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले ३८ अर्ब २ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ३४ अर्ब ९० करोड रुपैयाँ कर्जा लगानी गरेको छ।




comments powered by Disqus

२० प्रतिशतभन्दा धेरैले बजार मूल्य झरेका कम्पनीहरु चिन्नुहोस, अबको ‘बाइ लिष्ट’ मा यस्तै कम्पनी राख्ने कि ? सूचीसहित

Sep 10, 2024 06:37 PM

साउनको अन्तिम कारोबार दिन साउन ३१ गते अर्थात अगष्ट १५ मा पछिल्लो स्वीङ हाई ३ हजार बनाएको नेप्से परिसूचक पछिल्लो समय लगातार घट्दो ट्रेन्डमा छ ।