विद्युत बिक्री आम्दानी घटेसँगै अरुण काबेली घाटामा

Aug 14, 2024 11:34 AM Merolagani



अरुण काबेली पावर लिमिटेड (AKPL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले विद्युत बिक्रीमाफर्त २३ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६२.८२ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष कम्पनीको यस्तो आम्दानी ६३ करोड ८२ लाख रुपैयाँ थियो।

विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनी नोक्सानीमा पुगेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा १ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको यस कम्पनीले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ३० करोड १८ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा ८१.४१ प्रतिशत घटेको छ भने अन्य आम्दानी २५२.१९ प्रतिशत बढेको छ। कम्पनीको कुल खर्च समीक्षा अवधिमा १३.९३ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ऋणात्मक भएको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेय रआम्दानी ७ रुपैयाँ ७५ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९५ रुपैयाँ ५६ पैसा रहेको छ।

३ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष १७ करोड २९ लाख रुपैयाँ ऋणात्मक छ।




सुनको मूल्यमा भारि गिरावट

Jun 17, 2025 10:42 AM

असार ३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुन प्रतितोला दुई हजार ५०० रुपैयाँले घटेको हो ।